अछामको तुर्माखाँदमा नबिल बैंकको उद्यमशीलता विकास र वित्तीय साक्षरता कार्यक्रम

अछामको तुर्माखाँदमा नबिल बैंकको उद्यमशीलता विकास र वित्तीय साक्षरता कार्यक्रम

Posted in समाचार
अछाम, नबिल बैंकले अछामको तुर्माखाँद गाउँपालिकामा युवा उद्यमशीलता र स्वरोजगार प्रवर्द्धन गरी युवालाई आत्मनिर्भर बनाउने उदेश्यले उद्यमशीलता विकास र वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम तुर्माखाँद गाउँपालिका अध्यक्ष डम्बर बिसि को प्रमुख आतिथ्यतामा भएको थियो । गाउँपालिकाका उपाध्यक्ष, वडा अध्यक्षहरु, गाउँपालिकाका पुर्व अध्यक्ष तथा अन्य विशिष्ट व्यत्तित्वहरु अतिथि रहनुभएको उक्त कार्यक्रममा स्थानिय किसान, युवा तथा महिला उद्यमीहरु साथै अन्य गाउँपालिका बासीहरुको राम्रो उपस्थिती थियो । कार्यक्रममा नबिल दिगो बैंकिङका प्रबन्धक लिला प्रसाद ओझाले युवा र महिलाहरुको उद्यमशीलता विकास र रोजगारी सिर्जनामा सहयोग गरी दिगो समाजको निर्माण गर्ननबिल बैंक सधैं तत्पर रहेको बताउनु भयो। नबिल बैंक सुदुरपश्चिम एवम्कर्णाली प्रदेश प्रमुख टेक राज भटले समापन गर्नुभएको कार्यक्रमको सञ्चालन नबिल बैं
अछामको तुर्माखाँदमा नबिल बैंकको उद्यमशीलता विकास र वित्तीय साक्षरता कार्यक्रम सम्पन्न।

अछामको तुर्माखाँदमा नबिल बैंकको उद्यमशीलता विकास र वित्तीय साक्षरता कार्यक्रम सम्पन्न।

Posted in समाचार
तुर्माखाँद अछाम, अछामको तुर्माखाँद गाउँपालिकामा युवा उद्यमशीलता र स्वरोजगार प्रवर्द्धन गरी युवालाई आत्मनिर्भर बनाउने उदेश्यले उद्यमशीलता विकास र वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको छ । नबिल बैंक, राष्ट्रिय युवा परिषद र तुर्माखाँद गाउँपालिकाबीच त्रिपक्षीय समझदारी भएअनुसार कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रम तुर्माखाँद गाउँपालिका अध्यक्ष डम्बर बिसि को प्रमुख आतिथ्यतामा भएको थियो त्यस्तै कार्यक्रममा नवील दिगो बैंकिङ ऋण प्रमुख लिला प्रसाद ओझा, गाउँपालिकाका उपाध्यक्ष, वडा अध्यक्ष हरु,गाउँपालिका का पुर्व अध्यक्ष, र विभिन्न पार्टिका प्रतिनिधिहरु लगाएत अतिथि रहनुभएको थियो । कार्यक्रममा नवीन दिगो बैंकिङ ऋण प्रमुख लिला प्रसाद ओझाले युवा र महिलाहरुको उद्यमशीलता विकास र रोेजगारी सिर्जनामा सहयोग गरी दिगो समाजको निर्माण गर्न नबिल बैंक सधैं तत्पर रहेको बताए । नबिल बैंक सुदुरपश
बर्दगोरिया गा.पा. अध्यक्षको लागि राप्रपा बाट नवीन जोशिको उम्मेदवारी।

बर्दगोरिया गा.पा. अध्यक्षको लागि राप्रपा बाट नवीन जोशिको उम्मेदवारी।

Posted in मनोरञ्जन
कैलाली, कैलालिको बर्दगोरिया गाउँ पालिकाको अध्यक्ष पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टि (राप्रपा) बाट नवीन जोशी ले उम्मेदवारी दर्ता गराएका छन। ६ वटा वार्डा रहेका गाउपालिका का सबै वार्डा सहितका लागि राप्रपा बाट ३२ जनाले मनोनयन दर्ता गराएका छन। अध्यक्ष पदका लागि उम्मेदवारी दिएका जोशी पेशा ले कृषक हुन। बर्दगोरिया २ बौनियाका स्थाइ बासिन्दा जोशी को भैंसी पालन र तरकारी खेती व्याबसाय छ। उनको मुख्य एजेन्डा पनि कृषि उत्पादको उचित मुल्य स्थापित गर्ने र कृषक हरुलाइ प्रोत्साहन गर्ने रहेको छ। राप्रपा बाटै उपाध्यक्ष मा कर्मा देबि सिहं ले मनोनयन दर्ता गराएकी छिन, उनी पेशाले स्वास्थ्यकर्मी हुन। राजनिती शास्त्रमा स्नातकोत्तर गरेका जोशी ले इजरायल बाट १ बर्षे कृषि तालिम समेत गरेर आएका हुन। राजनीति र समाजसेवामा उत्तिकै दखल राख्ने जोशिको उम्मेदवारी ले बर्दगोरियामा नयाँ तरंग पैदा भएको छ। सानो
Congratulatory message on the occasion of Women’s Day by Mahesh Jaishi.

Congratulatory message on the occasion of Women’s Day by Mahesh Jaishi.

Posted in समाचार
Kathmandu, Journalist and YouTuber Mahesh Jaishi has said that men have a similar role behind the success of a woman. Giving a congratulatory message on the occasion of Women's Day today, she also urged to give up the pride of being a great woman by abusing or cursing men. He writes: By giving up the pride of becoming a great woman by cursing / abusing men as much as possible, you may move forward realizing that men have an equal role behind the success of a woman. Happy International Women's Day to all women and sisters Jaishi is also the Managing Director of our S Media.
पुरुष लाई गाली गरेर महान नारी बनिन्छ भन्ने सोच त्यागौँ: महेश जैशी ।

पुरुष लाई गाली गरेर महान नारी बनिन्छ भन्ने सोच त्यागौँ: महेश जैशी ।

Posted in समाचार
काठमाडौ, पत्रकार एवं युटुबर महेश जैशिले एकजना महिलाको सफलताको पछि पुरुषको पनि उत्तिकै भुमिका हुने बताएका छन। आज नारी दिवसको असरमा शुभकामना सन्देश दिनुहुदै उहाले पुरुष लाइ गाली गरेर वा सरापेर महान नारी बनिन्छ भन्ने घमण्ड त्याग्न समेत आग्रह गर्नुभएको छ। उहाँ लेख्नु हुन्छ: पुरुषलाइ सक्दो सरापेर/ गाली गरेर महान नारी बनिन्छ भन्ने घमण्ड त्यागेर, एकजना महिलाको सफलताको पछि पुरुषको पनि उत्तिकै भुमिका हुन्छ भन्ने बुझेर अघि बढ्नु होला। नारी दिदिबहिनी हरुलाइ अन्तरास्ट्रिय नारी दिवसको अवसरमा हार्दिक मंगलमय शुभकामना 🙏❤️ जैशि हाम्रो एस मिडियाका प्रबन्ध निर्देशक समेत हुनुहुन्छ।
ने वि संघ सभापतिका लागि सुरज सेजुवालको दौड्धुप ।

ने वि संघ सभापतिका लागि सुरज सेजुवालको दौड्धुप ।

Posted in राजनीति
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघको नेतृत्वका लागि दौडधुप सुरु भएको छ । कांग्रेसले म्याद सकिएका भ्रातृसंस्था भंग गरेपछि नयाँ नेतृत्वको लागि दौडधुप सुरु भएको हो । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ने वि संघ तरुणदल लगाएतका १० भ्रातृसंस्था खारेज गर्दै फागुनभित्र नयाँ कार्यसमिति गठन गर्ने निर्णय गरेको थियो। ने वि संघको बिधान अनुसार ३२ वर्षे उमेर हद लागू भय संगै ने वि संघको नेतृत्वको खोजीकार्य सुरु भएको छ । कांग्रेसको भ्रातृसंस्थाहरु मध्य सबैभन्दा चलाएमान सस्थाको रुपमा चिनिने ने वि संघको सभापति को बन्ला भन्ने सन्दर्भमा आम कांग्रेसिजनको जिज्ञासा् बढ्नु स्वभाबिकै थियो ,तर नेविसंघको नेतृत्वमा रहेकाहरु कालान्तरमा पार्टीको केन्द्रीय राजनीतिमा पनि स्थापित भएको इतिहास छर्लङ्ग छ । त्यस्तै कांग्रेसमा अन्य भ्रातृसंस्थाहरु भन्दा बढि चलायमान हुने र सक्रिय संगठ
पशुपति मा प्रहरिको दमन: खुल्ला ठाउमै  लाठी चार्ज!

पशुपति मा प्रहरिको दमन: खुल्ला ठाउमै  लाठी चार्ज!

Posted in Breaking News
सुरक्षाको जिम्मा लिएको नेपाल प्रहरिले पशुपतिनाथ मा आएका भक्तजनहरुलाइ मनलाग्दी लाठी चार्ज गरिरहेको छ। मन्दिर भन्दा माथिको पार्कमा बसिरहेका कतिपय लाई लाठी चार्ज देखि अपशब्द बोलिरहेको छ। निषेधित क्षेत्र नलेखेको खुल्ला ठाउमा पनि बस्न तथा उभिन नदिएको भन्दै भक्तजनहरुले प्रहरी दमनको बिरुद्धमा नाराबाजी समेत गरेका छन। हामिले एकजना प्रहरी अधिकारी लाई लाठी हान्नुको कारण सोध्दा माथिबाट लाठी चार्ज गर्न आदेश नदिएको बताएका छन। उनले थपे साथिहरुले किन त्यस्तो गरे मलाइ थाहा भएन तर लाठी चार्ज गर्ने अनुमति भने छैन जस्तो लाग्छ। शिव भक्तहरुको महान चाँड महा शिवरात्री को दिन आज हजारौँ भक्तजनहरुको जमघट छ।
नेपालगन्जमा मिलन सन्ज्याल नेतृत्वको समुह द्वारा आन्दोलन ।

नेपालगन्जमा मिलन सन्ज्याल नेतृत्वको समुह द्वारा आन्दोलन ।

Posted in Breaking News
नेपालगन्ज, बाँकेको नेपालगन्ज मा संयुक्त विद्यार्थिहरुले शान्तिपूर्ण आन्दोलन गरेका छन । सिटिइभिटि ले निशेधाज्ञा समय अवधिको १५% सुल्क छुट गर्न निर्देशन दिए पनि शिक्षण संस्थाहरुले कार्यनन नगरे पछि विद्यार्थीहरु आन्दोलन मा उत्रिएका हुन। मिलन सन्ज्यालको नेतृत्वमा शान्तिपूर्ण आन्दोलन गरेको र शिक्षण संस्थाहरुले सिटिइभिटिको निर्देशन अनुसार छुट नदिए पुनः आन्दोलनमा होमिने कार्यक्रमका एक अगुवा कृष्ण जङ राणाले बताए।
प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल बाग्मती प्रदेश अभ्यास वर्गको उद्घाटन सत्र समपन्न ।।

प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल बाग्मती प्रदेश अभ्यास वर्गको उद्घाटन सत्र समपन्न ।।

Posted in समाचार
प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल बाग्मती प्रदेश अभ्यास वर्गको उद्घाटन सत्र समपन्न भएको छ । गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यमा र विद्यार्थी परिषद्का संस्थापक अध्यक्ष प्रा. डा. काशीनाथ न्यौपानेको विशेष उपस्थितिमा सम्पन्न भएको हाे । उद्घाटन सत्रमा प्रदेश अध्यक्ष डा.दयाराम भुषाल, विद्यार्थी परिषद्का राष्ट्रिय महासचिव छितराज न्याैपाने, राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकालको विशेष उपस्थिति रह्यो साथमा राष्ट्रिय सह-संगठन सचिव रमेश कण्डेल, राष्ट्रिय सचिव नारायण तिमल्सिना, राष्ट्रिय मिडिया प्रमुख कृष्णप्रसाद हुमागाई, परिषद्का पुर्व कार्यकर्ता लगायत बागमती प्रदेशभरका ५० जना भन्दा बढी प्रमुख कार्यकर्ताहरूको महत्त्वपूर्ण उपस्थितिमा वर्ग औपचारिक रूपमा प्रारम्भ भएको छ ।
एमाले महाधिवेशन:- यस्तो छ बन्दसत्रस्थलको माहोल।

एमाले महाधिवेशन:- यस्तो छ बन्दसत्रस्थलको माहोल।

Posted in समाचार
११ मंसिर, काठमाडौं । नेकपा (एमाले)को १०औं महाधिवेशको बन्दसत्र सुरु हुँदैछ । शुक्रबार नारायणी किनारमा उद्घाटन भएको महाधिवेशको बन्दसत्र चितवनको पर्यटकीयस्थल सौराहमा सुरु हुन लागेको हो । अहिले बन्दसत्रस्थलमा प्रतिनिधिहरू उपस्थित भैरहेका छन् । बन्दसत्र सुरु हुनुपर्व अध्यक्ष केपी शर्मा ओली निकट नेताहरू भने छलफलमा जुटेका छन् । नयाँ नेतृत्व चयन गर्दै बन्दसत्र सकिनेछ । नयाँ नेतृत्वका लागि आजै प्रकृया सुरु हुने एमालेले जनाएको छ । एमाले यसपटक सर्वसम्मत नेतृत्व चयन गर्ने कसरतमा छ । तर अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका उपाध्यक्ष भीम रावल आफ्नो अडानबाट पछि हटेका छैनन् । सर्वसम्मत नेतृत्व चयनको प्रयासमा पदाधिकारी संख्या थप गरेको छ । साथै विधान महाधिवेशनमार्फत खारेज गरिएको पोलिटब्युरो फर्काइएको छ भने केन्द्रीय कमिटीको आकार बढाएर ३०१ सदस्यीय बनाइएको छ । अब एमालेमा १९ पदाधिकारी रहनेछ ।