लिभरपुल एफए कपको चौथो चरणमा प्रवेश

पुष २५, २०७७ शनिबार 3

लिभरपुल एफए कपको चौथो चरणमा प्रवेश

२५ पुस, काठमाडौं । जर्मन बुन्डेसलिगा लिडर बायर्न म्युनिख दुई गोलको अग्रता जोगाउन नसक्दा पराजित भएको छ । शुक्रबार राति भएको खेलमा बोरुसिया मोन्चेनग्लाडबाकले उत्कृष्ट पुनरागमन गर्दै बायर्न म्युनिखलाई ३-२ ले पराजित गरेको हो ।
मोन्चेनग्लाडबाकको मैदान बायर्नले सुरुमै दुई गोल गरेको थियो । रोबर्ट लेवान्डोस्कीको पेनाल्टीबाट गोल गर्दै बायर्नलाई २०औं मिनेटमा अग्रता दिलाएका थिए । २६औं मिनेटमा लियोन गोर्टेज्काले गोल गर्दै बायर्नलाई २-० को अग्रता दिलाए । तर घरेलु टोली मोन्चेनग्लाडबाकले उत्कृष्ट पुनरागमन गर्‍यो । ३६औं मिनेटमा जोनास होफम्यानले गोल गर्दै खेलललाई २-१ को स्थितिमा ल्याए । जोनासले नै पहिलो हाफको इन्जुरी समयमा व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमै खेल २-२ को बराबरीमा ल्याए । खेलको ४९ औं मिनेटमा फ्लोरियन नेउहुसले गोल गर्दै मोन्चेनग्लाडबाकलाई ३-२ को अग्रता दिलाए । त्यसपछि खेलमा गोल भएन र बायर्न पराजित भयो । जितपछि मोन्चेनग्लाडबाक १५ खेलबाट २४ अंक जोड्दै सातौं स्थानमा छ । पराजित भएपनि बायर्न शीर्ष स्थानमै यथावत छ तर दवस्रो स्थानको बायर लेभरकुजनसंग अंक दूरी बढाउन मौका भने गुमायो । १५ खेलबाट बायर्नको ३३ अंक छ । दोस्रो स्थानको लेभरकुजनको १४ खेलबाट ३१ अंक छ । बायर्नले १५ खेलमा ३३ अंक जोडेको छ । बायर्न शीर्ष स्थानमा यथावत रहेको छ । एस्टन भिल्लालाई पराजित गर्दै लिभरपुल एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । प्रिमियर लिग लिडर लिभरपुलले गएराति भएको तेस्रो चरणको खेलमा एस्टन भिल्लालाई ४-१ ले पराजित गर्दै चौथो चरणमा स्थान पक्का गरेको हो । पहिलो रोजाइका केही खेलाडीलाई कोरोना पोजेटिभ भएपछि एस्टन भिल्लाले यूथ टिमलाई लिभरपुलविरुद्ध खेलाएको थियो । जहाँ लिभरपुलले खेलमा सुरुवात बाटै पकड जमाएको थियो । चौथो मिनेटमै साडियो मानेले गोल गर्दै लिभरपुललाई १-० को अग्रता दिलाएका थिए । तर४१ औं मिनेटमा एस्टन भिल्लाका बारीले गोल गर्दै खेल पहिलो हाफमा १-१ को बराबरीमा ल्याए । दोस्रो हाफमा भने लिभरपुल हावी बन्यो । एकपक्षिय जस्तै बनेको दोस्रो हाफमा लिभरपुलले तीन गोल थप्यो । ६०औं मिनेटमा जर्जियानो विज्ननाल्डमले गोल गर्दै लिभरपुललाई २-१ को अग्रता दिलाए । त्यसको तीन मिनेटपछि मानेले व्यक्तिगत दोस्रो गोल गर्दा लिभरपुलले ३-१ को अग्रता बनायो । ६५औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै लिभरपुललाई ४-१ को जित दिलाए । एफए कप अन्तर्गत नै गएराति भएको अर्को खेलमा उल्भ्सले क्रिस्टल प्यालेसलाई १-० ले हराएको छ । उल्भ्सको जितमा एडमा ट्राओरेले ३५औं मिनेटमा निर्णयक गोल गरेका थिए ।

सेल्टाभिगोलाई पराजित गर्दै भियारियाल स्पानिस ला लिगामा तेस्रो स्थानमा उक्लेको छ । गएराति सेल्टाको मैदानमा भएको खेलमा भियारियाल ४-० ले वियजी भएको हो । भियारियालले सबै गोल पहिलो हाफमै गरेको थियो । खेलको पाँचौ मिनेटमै जेरार्ड मवरेनोले गोल गर्दै भियारियाललाई अग्रता दलाएका थिए । १४ मिनेटमा मोइ गोमेजले गोल गर्दै अग्रता दोब्बर पारे । यस्तै १९औं मिनेटमा डानिएल परेजो र ३१औं मिनेटमा फेर निनोले गोल गरेपछि भियारियालले ४ गोलको अग्रता बनायो । त्यसपछि थप गोल हुन सकेन र भियारियालले सहज जित हात पार्‍यो । जितपछि १८ खेलबाट ३२ अंक जोड्दै भियारियाल तेस्रो स्थानमा उक्लेको हो । एक खेल कम खेलेको बार्सिलोना ३१ अंकसहित चौथो स्थानमा छ । प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता माघ २ गतेदेखि सुरु हुने भएको छ । नेपाल क्रिकेट संघ क्यानले शुक्रबार पुरुष क्रिकेटको मिति र खेलतालिका सार्वजनिक गरेको हो । माघ २ देखि सुरु हुने प्रतियोगितामा सात प्रदेश र ३ विभागीय गरी कूल १० टिमले प्रतिस्पर्धा गर्नेछन् । समूह ए मा त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश १ र कर्णाली प्रदेश छन् । यस्तै समूह बी मा साविक विजेता नेपाल पुलिस, बाग्मती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश २ र सुदूरपश्चिम प्रदेश छन् । उद्घाटन खेल त्रिभुवर्न आर्मी र गण्डकी प्रदेशबीच टीयू मैदानमा हुनेछ । दुवै समूहको शीर्ष दुई स्थानमा रहने टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल माघ १७ गते टीयू मैदानमा हुनेछ । राष्ट्रिय खेलकुद परिषद् राखेपको आर्थिक सहयोगमा क्यानले पिएमकप महिला र पुरुष क्रिकेट प्रतियोगिता गरेको हो । गत वर्ष बर्मीलाई हराउादै पुलिसले पिएम कपको उपाधि जितेको थियो ।

प्रतिकृया दिनुहोस्