नेकपा एकता राष्ट्रिय अभियानमा संगठित हुन बामदेवको अपिल

समाचार

काठमाडौं । नेकपा उपाध्यक्ष बामदेव गौतमले विभाजित नभई नेकपा एकता राष्ट्रिय अभियानमा संगठित हुन अपिल गरेका छन् । ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियान’को संयोजकको रुपमा आज विज्ञप्ति सार्वजनिक गर्दै नेकपा नेता कार्यकर्ताहरुलाई गौतमले भनेका छन्, ‘तपाईंहरु जुन ठाउँमा हुनुहुन्छ त्यहीँ नेकपा एकता अभियानको नाम संगठन खडा गर्नुहोस् र विभाजनमा ढल्केका कमरेडहरुलाई सम्झाउनुहोस् ।’ उनले कुनै पनि समूहका नेताहरुको गालीगलौजको शैलीमा विरोध नगर्न र घरमा आउनेहरुलाई सक्दो सहयोग एवम् सम्मान गरी समाजवादी शैली अपनाउन अपिलसमेत गरेका छन् । संसद विघटनसँगै नेकपा ओली र प्रचण्ड–माधव नेपाल पक्षमा विभाजित भए पनि हालसम्म गौतम तटस्थ छन् । उनले नेकपालाई एकताबद्ध गर्न सक्दो प्रयास गर्ने बताउँदै आएका छन् । नेकपा विभाजनको असर तल्ला कमिटीसम्म पुगेको बेलामा गौतमले भने ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियान’ सन्चालन गरेका छन् । गौतमले लेखेका छन्, ‘पार्टीको एकता जोगाउन वा पुनः एकीकरण गर्ने उद्देश्य लिएर नेकपाको उपाध्यक्ष रहेको म वामदेव गौतम दुबै समूहलाई समर्थन नगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानको संयोजक बनेर देश र विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक, शुभचिन्तकहरुलाई हार्दिक अपिल गर्दै तपाईहरुका अगाडि खडा भएको छु । पार्टी विभाजनमा सामेल हुने र विभाजनको नेतृत्व गर्ने कुनै पनि नेतालाई यदि पुनःएकीकरण को अवस्थामा सामेल हुनुभएन भने लोकतान्त्रिक मूल्यमान्यतामा आधारित समृद्ध समाजवाद निर्माणलाई समर्थन गर्ने नेपाली जनताले कहिल्यै माफी दिने छैनन् ।’ उनले भनेका छन्, ‘एक अर्कालाई दोष दिँदै, सामान्य मान मर्यादा उल्लंघन गर्दै आफ्ना ऐतिहासिक योगदानहरुलाई च्याँखे थापेर देश र विदेशका कम्युनिष्ट विरोधीहरुलाई हसाउँदै शुरु गर्नुभएको लडाइँ बन्द गनुहोस् र फर्कनुहोस्, पुनर्मिलन गर्नुहोस् र हजारौं शहिदहरुको रगतबाट विकसित भएको हाम्रो प्यारो पार्टीलाई मिलेर पुनर्गठन गरौं, ऐतिहासिक शिक्षा लिएर पार्टीलाई व्यवस्थित संचालन गरौं र पार्टीमा उत्पन्न भएका सबै अन्तरविरोधहरुलाई पार्टी पद्धति अनुरुप सम्मानजनक ढंगबाट हल गरौं ।’

गौतमले सरकार सन्चालनको एउटा कार्यकाल पुरा नहुँदै र पार्टी एकीकरणको तीन वर्ष पनि ब्यतित नहुँदै नेकपा विभाजनबाट क्षतविक्षत हुने दिशातर्फ अग्रसर हुनु अत्यन्त दुःखद र पीडादायी भनेका छन् । पार्टीभित्र उत्पन्न हुने समस्या पार्टीभित्रै समाधान गर्न नसकेर सिंगो राष्ट्रलाई प्रभावित गर्ने संस्था प्रतिनिधि सभालाई दुरुपयोग गर्नेसम्मका घटनालाई पनि उनले पीडादायी भनेका छन् । उनले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव लैजाने र अविश्वासको प्रस्तावको सामना गर्न नसकेर प्रतिनिधिसभा भंग गर्ने दुबै घटनाको विरोध जनाएका छन् । लामो समयदेखि नेपाल–भारत सम्बन्ध र नेपालको आन्तरिक मामिलालाई नजिकबाट नियालीरहेका विज्ञ एस डि मुनिले भारत नेपालमा ताजा जनादेशको पक्षमा खुलेर आएको दावी गरेका छन् । भारतीय पत्रिका हि हिन्दुस्तान टाइम्समा एक लेख लेख्दै मुनिले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद, त्यसलाई मिलाउन चीनले खेलेको भूमिका र पछिल्लो समयमा दुई देशको विचमा भइरहेका विभिन्न तहको भ्रमणको विचमा भारतले नेपालका हिन्दुवादीको आन्दोलनलाई मलजल गरिरहेको उल्लेख गरेका छन् । उनले नेपालमा राजावादी र राजनीतिक दलहरुको नयाँ राजनीतिक समीकरण बनाउने प्रयास भएको समेत उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘यी सबै घटनाक्रमको विचमा भारत अहिले नेपालमा ताजा जनादेशको पक्षमा खुलेर आएको छ ।’ उनले भनेका छन्,‘यी सबै घटनाक्रमले भारतलाई नेपालमा एक गैरप्रजातान्त्रिक, असंवैधानिक र अवसरवादी प्लेयरको रुपमा चित्रित गर्नेछ र साउथ ब्लकका रणनीतिकारले भने यसलाई ठूलो उपलब्धी पाउन चुकाइएको थोरै मूल्यको रुपमा सोचेका छन् ।’ उनले नेपालमा पछिल्लोपटक भारतले निकै होसियारीपूर्वक र कौशल ढंगले कार्ड खेलेर आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने रुपमा प्रस्तुत गर्न खोजेको समेत उल्लेख गरेका छन् । सन् १९५० को शान्ति र मैत्रि सन्धीको बारेमा समेत उनले विस्तृतमा ब्याख्या गरेका छन् । उनले भारत सो सन्धी परिमार्जनको पक्षमा रहेको नेपालले भारतको सुरक्षा चासो र आफ्नो विकास आकांक्षाको बारेमा कसरी सन्तुलन कायम गर्ने भन्ने सम्बन्धमा स्पष्ट पार्न नसकेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘यो सन्तुलनविना नयाँ सन्धिको सम्भावना छैन र नेपाल पुरानो सन्धि खारेज गर्ने पक्षमा छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *