टिकटक बाटै महिनाको लाखौँ कमाउने अन्शबर्मा काठमाडौमा घर किन्दै – गाली गर्नेहरुलाइ यसो भन्छन मनकारी अन्श ।

अषोज ४, २०७८ सोमबार 27

टिकटक बाटै महिनाको लाखौँ कमाउने अन्शबर्मा काठमाडौमा घर किन्दै – गाली गर्नेहरुलाइ यसो भन्छन मनकारी अन्श ।

महेश जैसी, काठमाडौ ।

सामाजिक सञ्जाल टिकटक प्रयोग गर्न जान्नेहरुका लागि एक सुनौलो अवसर बनेको छ। कसैले टिकटकमा भाइरल हुनकै लागि आफ्नो ज्यानै गुमाए भने कतिपयले त्यही टिकटकको सहि प्रयोग गरेर लाखौँ मात्र होइन करोडौँ पैसा पनि कमाए। त्यसै मध्यको एक उदाहरण हुन सुदुरपश्चिम कन्चनपुरका अन्श बर्मा ।
उमेरले भर्खरै २२ कटेका अन्श मासिक रुपमा करिबब २५ लाखको हाराहारिमा आम्दानी गर्छन टिकटक बाट। उनले कमाएको पैसाको केही हिस्सा समाजसेवामा पनि खर्छ गरेका छन।
टिकटक बाट पनि मनग्ये आम्दानी गर्न सकिन्छ भन्ने बाटो देखाइ सयौँ नेपालिलाइ उक्त बाटोमा डोर्याउने अंश बर्माले टिकटक बाटै कमाएको पैसाले महेन्द्रनगर मा एउटा घर र सुन्दर गाडी समेत किनिसकेका छन। अध्यानको हिसाबले कानुन संकायको स्नातकोत्तर पहिलो बर्षमा अध्यानरत अन्शलाइ मन नपाराउने साहेदै होलान।
उनको बोल्ने शैली र गिफ्टरलाइ लाइभ मा आकर्षण गर्नसक्ने क्षमताकै कारण उनी यहाँ सम्म पुगेका हुन।

मानवता नै सबैभन्दा ठुलो धर्म हो भन्ने कुरालाई मनन गर्दै अन्श सेवाभावको रुपमा अहोरात्र खटिरहेका छन । जलारि जहाँ सबैभन्दा बढि र ठुलो सहयोग गर्ने पहिलो व्यक्ति पनि अन्श रहेको कुरा त्यहांका असहायहरु का आफन्तहरुले खुसिका आशु बगाउदै बताउनु भयो ।

कोरोना कहर को लकडाउनको विषम परिस्थितिमा तथा विभिन्न ठाउमा पुग्दै दिन दुखि लाई सहयोग गर्ने काम उनले गरिरहेका छन्। दिनको १५/ १६ घन्टा लाईभमा आएर आफ्नो बोली बिकाएर आर्जन गरेको पैसालाई उनले यस्तो महान काममा खर्चिदै आईरहेका छन ।टिकटक लाईभ बसेर करोडौं टिकटक युजरहरुको लाईक,कमेन्ट् ,फलोवर्स बढाउने का साथै मनोरञ्जन प्रदान गरिरहेका वर्माले आफुमा भएको सालिनता, मीठो बोलिद्वारा सबैलाई आकर्षित गर्न सफल भएका हुन् ।

सुदुरपश्चिम महेन्द्रनगर गड्डाचौकिमा रहेर हजारौको मन मुटुमा बस्न सफल अन्सु हेर्दा जति हसिलो सुन्दर देखिन्छन,,मन पनि यतिकै ठुलो भएको कुरा उनले गरेका महान कार्य हरुले एैना जस्तै छर्लङ्ग पारेको छन। आगामि दिनहरुमा समाजसेवालाई निरन्तरता दिने कुरा पनि उनले व्यक्त गरेका छन।

टिकटक नब कलाकारहरुका लागि राम्रो प्लाट फम बनेको र धेरैले राम्रो आम्दानि को श्रोत बनाउन सफल भएको पाईन्छ।सफल टिकट्क युजर मध्ये हाल नेपाल मा सबैभन्दा बढि१ (एक) करोड माथि कमाईसकेको समेत उनलेे जानकारी दिएका छन्। वर्मा दैनिक ५० हजार भन्दा बढि आम्दानि गर्छन। सबैलाई सम्मान गर्ने अन्शले म सफल हुनुमा सम्पूर्ण टिकटक युजरहरुको हात रहेको छ त्यसको लागि भित्री मन देखि सबैलाई कृतज्ञता व्यक्त गर्दै आगामि दिनमा पनि यस्तै मायाको भोगि रहने छु भन्ने कुरा बताए।

सेवा नै धर्म हो भन्ने कुरालाइ आत्मसाथ गर्दै मैले दिन दुखिको सेवा गर्न पाए भने मेरो लागि स्वर्ग नै यहि हो भन्ने कुरालाई जोड दिए।
उनी आफुलाइ २/४ जनाले गालि गर्दैमा र कसैले डाहा गर्दैमा केही फरक नपर्ने बताउँछन। हेक्का रहोस उनी टिकटक बाटै कमाएको पैशाले यहि दशैँ बित्र काठमाडौमा घर समेत किन्दैछन।

प्रतिकृया दिनुहोस्