टेस्लाको कीर्तिमान एक वर्षमा यति धेरै कार उत्पादन

समाचार

अमेरिकी विद्युतीय कार निर्माता टेस्ला अहिले विश्वकै सबैभन्दा मूल्यवान् कार निर्माता कम्पनी हो । शुक्रबारसम्म यो कम्पनीको बजार पुँजीकरण सात खर्ब ७४ अर्ब डलर पुगेको छ । बजार पुँजीकरणको हिसाबमा हेर्ने हो भने टेस्ला सामाजिक सञ्जाल कम्पनी फेसबुकभन्दा पनि अगाडि देखिएको छ । यो विद्युतीय कार निर्माता विश्व बजारमा आएको लामो समय भने भएको छैन । उसले छोटो समयमा नै दशकौंदेखि बजारमा कारोबार गर्दै आएका कम्पनीहरुलाई बजार पुँजीकरणको हिसाबमा पछि पारेको हो । सन् २०१९ को अन्तिममा टेस्लाको बजार पुँजीकरण ६० अर्ब डलर थियो । तर एक वर्षमा कम्पनीको बजार पुँजीकरण आकाशिँदै झण्डै १३ गुणा पुगिसकेको छ । टेस्ला कम्पनीको मात्र होइन । टेस्लाका सीईओ एलन मस्कको सम्पत्ति पनि पछिल्लो एक वर्षमा उल्लेख्य बढेको छ । हालै मात्र उनी विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन् । उनको सम्पत्ति बढ्नुमा पनि टेस्लाको सेयरको भाउ आकाशिनु मुख्य कारण थियो । मस्कको सम्पत्ति एक खर्ब ८८ अर्ब नाघिसकेको छ । उनीसँग टेस्लाको २० प्रतिशत सेयर छ । एक वर्षमा टेस्लाको बजार पुँजीकरण कसरी आकाशियो त ? कम्पनीको सेयरको भाउ आकाशिनुको एउटा कारण लगानीकर्ताहरुले विद्युतीय सवारीसाधनको राम्रो भविष्य देख्नु हो । जलवायु परिवर्तन तथा प्रदूषण नियन्त्रणका लागि अहिले विश्वभर नवीकरणीय ऊर्जाबाट चल्ने सवारीसाधनको प्रयोग बढाउने नीति विश्वभरका मुलुकहरुले लिएका छन् । यस्तो अवस्थामा स्वाभाविकरुपमा लगानीकर्ता को आँखा टेस्लामा पर्‍यो जसको कारण निरन्तर कम्पनीको शेयर भाउ उकालो लाग्यो । टेस्लाको सेयर भाउ उकालो लाग्नुको अर्को कारण हो – कम्पनीका उत्पादनमा प्रयोग हुने नयाँ फिचर्स तथा डिजाइन हुन् । टेस्लाले आफ्ना कारहरु प्रविधिमैत्री बनाउनुका साथै प्रयोगकर्तामैत्री पनि बनाउँदै ल्याएको छ । जसको कारण धेरैको आकर्षण पनि अहिले टेस्लाको कारमा देखिएको छ । जसले टेस्लाको सेयर भाउ बढाउन सहयोग पुग्यो ।

टेस्लाको उदयमा सबैभन्दा ठूलो योगदान कम्पनीका सीईओ एलन मस्कको नयाँ आविष्कारको सोचकै छ । उनले ल्याएका योजनाहरु पछिल्लो समय बजारमा प्रभावकारी पनि देखिएका छन् । जसको प्रतिफल शेयरको भाउमा देखिएको छ । विद्युतीय कार निर्माताको सेयर भाउ बढ्नुको अर्को महत्वपूर्ण कारण सवारीमा प्रयोग गरिने ब्याट्रिको भाउ घट्नु पनि हो । ब्याट्रिको भाउ सस्तो हुँदै गएसँगै टेस्लाका सवारीसाधनहरु पनि सस्तो हुँदै गए । त्यसैले मानिसहरुको चासो विद्युतीय सवारीसाधनमा पर्‍यो । टेस्लाले ल्याएका मोडल एस, मोडल वाई, मोडल एक्स र मोडल ३ जस्ता कारहरु धेरैको रोजाइमा पर्‍यो । जसको कारण बजारमा स्थापित भइसकेका ब्राण्डहरुलाई पनि टेस्लाले पछि पार्न सहयोग गर्‍यो । टेस्लाले परम्परागत महँगो मूल्यको कारबाट यात्रुमैत्री बनाउन आफ्नो मोडल ३ कार ल्याएको थियो । यो कारको मूल्य अन्य मोडलका कारको तुलनामा झण्डै आधा तोकिएको थियो । यसको उल्लेख्य माग आयो । त्यसपछि कम्पनीले उत्पादनको लागि पनि महत्वाकांक्षी योजना राख्यो । तर सुरुआती दिनमा लक्ष्यअनुसारको उत्पादन हुन सकेन । सोही क्रममा कम्पनी समस्यामा परेको थियो । समस्याकै बीचमा कम्पनीका सीईओ मस्कले एप्पलालाई आफ्नो कम्पनी करिब ६० अर्ब डलरमा बिक्रीको प्रस्ताव गरेको हालै मात्र मस्कले बताएका छन् । यद्यपि एप्पलले टेस्लामा इच्छा देखाएन । टेस्लाले पनि बिस्तारै आफ्नो लक्ष्य अनुसारको उत्पादन थाल्यो र परिणामस्वरुप कम्पनीको सेयर पनि उकालो लाग्दै गयो । पछिल्लो पाँच वर्षको तथ्यांक हेर्ने हो भने टेस्लाको भाउ गत वर्षसम्म एकैनासले वृद्धि हुँदै आएको देखिन्छ । तर महत्वाकांक्षी मानिएको मोडल ३ को समस्या पार लगाउनु कम्पनीको लागि ‘टर्निङ प्वइन्ट’ बन्न पुग्यो । यससँगै टेस्लाले आफ्नो उत्पादन अमेरिकाभन्दा बाहिर पनि सुरु गर्‍यो । यसै क्रममा कम्पनीले चीनमा पनि आफ्नो फ्याक्ट्रि सञ्चालनमा ल्याएको थियो । सन् २०२० को सुरुआतमा नै टेस्लाले कम्पनीको लागि सन् २०१९ ‘टर्निङ प्वाइन्ट’ बनेको घोषणा गरेको थियो ।
विद्युतीय कार निर्माता अमेरिकी कम्पनी टेस्लाले कार उत्पादनको आफ्नो इतिहासमा नयाँ कीर्तिमान कायम गरेको छ ।

टेस्लाले सन् २०२० मा ५ लाख विद्युतीय कार निर्माण गरेको छ, जुन कुनै पनि वर्षमा कम्पनीले उत्पादन गरेको सबैभन्दा ठूलो संख्या हो । उत्पादित कारमध्ये ४ लाख ९९ हजार ५५० वटा कार ग्राहकलाई डेलिभर गरिसकिएको छ भने अन्य कार ग्राहकसम्म पुग्ने क्रममा रहेका छन् । कारको उत्पादन तथा डेलिभरीको यो संख्या सन् २०१९ को तुलनामा एक तिहाइले बढी हो । कोरोना महामारीका कारण कम्पनीको क्यालिफोर्नियास्थित मुख्य उत्पादन कारखाना दुई महिनाका लागि बन्द हुँदासमेत टेस्लाले ५ लाख कार उत्पादन गर्न सक्नुलाई ठूलो उपलब्धि मानिएको छ । चीनको सांघाईमा सन् २०१९ को अन्त्यतिरबाट सञ्चालनमा आएको नयाँ कारखाना टेस्लाको भाग्य चम्काउनमा महत्वपूर्ण सावित भएको छ । सन् २०२० मा उत्पादित तथा ग्राहकसम्म पुर्‍याइएका टेस्लाका कारमध्ये ठूलो हिस्सा सांघाइमा उत्पादित कार नै रहेका छन् । समग्रमा सन् २०२० को चौथो त्रैमासिकमा टेस्ला कम्पनीले १ लाख ७९ हजार ७५७ गोटा कार उत्पादन गरेको छ, जुन अघिल्लो वर्षको सोही त्रैमासिकको तुलनामा ७१ प्रतिशतले बढी हो । यस त्रैमासिकमा कम्पनीले त्यसअघि उत्पादित समेत गरी १ लाख ८० हजार ५७० कार डेलिभर गरेको छ, जुन सन् २०१९ को सोही त्रैमासिकको तुलनामा ६१ प्रतिशतले धेरै हो । स्मरण रहोस् गत अक्टोबर महिनामै टेस्लाका सीईओ एलन मस्कले सन् २०२० मा कम्पनीले ५ लाख कार उत्पादन गर्ने घोषणा गरेका थिए । तर वालस्ट्रिटका विश्लेषकहरुले चाहिँ कम्पनीको उक्त लक्ष्य पूरा हुन कठिन रहेको भन्दै त्यसभन्दा कम्तिमा ९ हजार कार कम उत्पादन हुनसक्ने बताएका थिए । महामारीमा उपभोक्ताहरुको आर्थिक जटिलताका बाबजुत पाँच लाखको कोशेढुंगा छुनु भनेको कम्पनीका लागि ठूलो विजय भएको विश्लेषकको भनाइ छ । यसैबीच २०२० मा आफ्नो लक्ष्य पूरा गरेसँगै टेस्लाले सन् २०२१ का लागि थप महत्वाकांक्षी योजना तय गरेको छ । जर्मनीको बर्लिन र अमेरिकाको टेक्सासस्थित अस्टिनमा टेस्लाका नयाँ कारखाना यो वर्ष सञ्चालनमा आउनेछन् भने भारतमा समेत टेस्लाका कारण बिक्री सुरु गर्ने कम्पनीको योजना छ ।

यद्यपि कार उत्पादन तथा बिक्रीमा टेस्लाले प्राप्त गरेको सफलताको तुलनामा कम्पनीको शेयर मूल्यमा भएको वृद्धि निकै नै उच्च रह्यो सन् २०२० मा । यस वर्ष टेस्लाको शेयर मूल्यमा ७४३ प्रतिशतको वृद्धि भयो । सन् २०२१ मा टेस्लाको शेयर मूल्यमा निरन्तर वृद्धि भैरहने अपेक्षा गरिएको छ । स्मरण रहोस् विश्वका अग्रणी गाडी निर्माता कम्पनीहरुले सन् २०२० मा उत्पादन तथा बिक्री गरेका सवारी साधनहरुको रिपोर्ट जनवरी महिनाको अन्त्यसम्ममा सार्वजनिक गर्नेछन् । महामारीका कारण सबैजसो ठूला गाडी कम्पनीहरुको बिक्रिदरमा सन् २०२० मा गिरावट आएको अनुमान गरिएको छ । सन् २०१९ को तथ्यांकलाई हेर्ने हो भने विश्वको सबैभन्दा ठूलो गाडी निर्माता कम्पनी फक्सवागनले सन् २०१९ मा १ करोड १० लाख गोडा कार बिक्री गरेको थियो भने सबैभन्दा ठूलो अमेरिकी गाडी निर्माता कम्पनी जनलर मोटर्सले ७७ लाख गोटा कार बिक्री गरेको थियो । कार बिक्रीको संख्याका हिसाबले टेस्ला ती कम्पनीहरु भन्दा निकै पछाडि रहेको भए पनि ऊ विश्वको सबैभन्दा मूल्यवान कार कम्पनी हो । अहिले करिब ६ खर्ब ७० अर्ब डलर छ । जुन टोयोटा, फक्सवागन, डाइम्लर, जिएम, बिएमडब्लु, होन्डा, हुण्डाई र फोर्ड कम्पनीको संयुक्त मूल्यभन्दा पनि धेरै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *