मेयरलाई मुक्का हान्ने युवकविरुद्ध एमालेले मुद्दा नचलाउने

अषोज ५, २०७८ मंगलबार 17

मेयरलाई मुक्का हान्ने युवकविरुद्ध एमालेले मुद्दा नचलाउने

काठमाडौं: नेकपा एमालेले बुटवलका मेयर शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने अनेरास्ववियुका सदस्य गणेश पंगेनीविरूद्ध मुद्दा नचलाउने भएको छ। मंगलबार पत्रकार सम्मेलन गर्दै नेकपा एमाले बुटवलले घटना दुखद र गलत भएको बताउँदै मुद्दा चलाउने पक्षमा एमाले नरहेको बताएको हो।

पहिरो निरीक्षणका लागि बुटवल–३ ज्योतिनगरमा गएका नगरप्रमुख सुवेदीलाई सोमबार पङ्गेनीले मुक्का प्रहार गरेका थिए। पंगेनिलाई साँझ  ७ बजे नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

प्रतिकृया दिनुहोस्