तुर्माखाँद गाउँपालिकामा कबिराम बयकको टिम अत्याधिक बहुमतले बिजय !

अषोज १०, २०७८ आइतबार 11

तुर्माखाँद गाउँपालिकामा कबिराम बयकको टिम अत्याधिक बहुमतले बिजय !

अछाम

नेपाली काङ्ग्रेस तुर्माखाद गाउँ कार्यसमितिको दोस्रो अधिबेशन सम्पन्न भएको छ ।

आज तुर्माखाँदमा भएको गाउँ कार्यसमितिको निर्वाचनमा सबैभन्दा बढी मत ल्याएर काङ्ग्रेस नेता कबिराम वयक निर्वाचित भएका छन् । तुर्माखाद गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष समेत रहेका नेता बयकले ११२ मत ल्याएर आफ्ना प्रतिद्वन्दी लाई चुनौती दिदै  बिजयी भएका छन् ।
उनका प्रतिद्वन्दी टेकबहादुर बयकले २ मतले ल्याएका छन् भने अर्का प्रतिद्वन्दी दिल बहादुर बयकले १३ मत ल्याएर पराजित भएकाछन ।

त्यस्तै उपसभापति पदमा  १०५ मत उपेन्द्र रावल त १०८ मत ल्याएर उपेन्द्र बिसि निर्वाचित भएका हुन । त्यस्तै सचिव पदमा
प्रताप बहादुर शाहीले १०३ र बिरेन्द्र धमाला ९६ मत ल्याएर बिजयी भएका छन भने सहसचिवमा भिम बहादुर शाही र हिमाल शाही निरबिरोध निर्वाचित भएका हुन् ।

प्रतिकृया दिनुहोस्