महासमिति सदस्य शाह नेतृत्वको समूह: जिल्ला, क्षेत्र र प्रदेशका उम्मेदवार ।

मंग्सिर २, २०७८ बिहिबार 62

महासमिति सदस्य शाह नेतृत्वको समूह: जिल्ला, क्षेत्र र प्रदेशका उम्मेदवार ।

महेश जैशी,

नेपाली काँग्रेसको चौधौं महाधिवेशनको लागि आफ्नै पार्टी भित्र अन्तरसंघर्ष चलिरहेको छ। गुट अनुसारका उम्मेदवार उठिरहेका छन। पार्टिमा को भन्दा को बलियो भन्ने टकराव चलिरहेको छ।
मंसिर ३ गते प्रदेश अधिवेशन हुदैछ। अधिवेशनको संघारमा पुगिरहँदा फरकफरक गुटले आ-आफ्ना उम्मेदवार लाई चुनावि मैदानमा उतारेका छन।

२ वटा निर्वाचन क्षेत्र रहेको अछाममा वाडा देखि पालिका तहका अधिवेशन शान्तिपूर्ण रुपमा भइसकेका छन। भोलि हुने प्रदेश अधिवेशनको लागि उम्मेदवार हरु प्रचारमा जुटिरहेका छन।

काँग्रेसको बलियो प्रभुत्व रहेको अछाम क्षेत्र नं. २ मा बिशेश गरि देउवा पक्षबाट नै २ टिम एक आपसमा भिड्दैछन।

पुर्व जिल्ला पार्टि सभापती तथा महासमिति सदस्य पुस्प बहादुर शाह र अर्का महासमिति सदस्य गणेश बहादुर विष्ट समूह अधिबेशनका लागि छुट्टाछुट्टै कार्यकर्ता भेटघाट तथा प्रचारमा जुटिरहेका छन।
जिल्ला पार्टी सभापतिमा पुस्प बहादुर शाह को टिम बाट जिल्ला कार्यसमिति सचिवको लागि बेदप्रकाश तिमिल्सिना ले उम्मेदवारी दिएका छन।
त्यस्तै क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा पुस्पराज शर्माको उम्मेदवारी रहेको छ। शर्मा क्षेत्र नं.२ स्थित तुर्माखाँद गाउँपालिका का अध्यक्ष समेत हुन त्यस्तै उनले यश अघि दुई पट लगातार क्षेत्रीय सभापतिमा हार समेत बेहोरी सकेका छन।
यसपटक बलियो मानिएको पुस्प शाह नेतृत्वको समूह बाटै क्षेत्र नं.२ प्रदेश सभा ‘क’ को प्रदेश कार्यसमिति सभापतिको लागि तारा प्रसाद खनाल तथा सचीवको लागि दिपक राज न्यौपाने चुनावी मैदानमा छन।
उमेरले समुहकै लगभग सबैभन्दा सानो उमेरका न्यौपाने ले अग्रजहरुको सल्लाह बमिजिम नै आफुले प्रदेश कार्यसमिति सचिवमा उम्मेदवारी दिएको वताए। न्यौपाने तुर्माखाँद गाउँपालिका ६ रानिवन बाट प्रतिनिधित्व गर्छन।
आफुहरुको टिमले पार्टि संचालनको बिषयमा एक बिशेश खाका बोकेर हिडेको भन्दै बिधानसम्बत र किचलो रहित पार्टी निर्माणको लागि आफुहरुको समूह कटिबद्ध रहेको समेत प्रतिबद्धता जनाए।

खबरदार मिडिया संग कुरा गर्दै उनले भने ” सम्पुर्ण वाडाका सभापति तथा क्षेत्रीय प्रतिनिधि ज्यु हरुले साथ दिनुहुनेछ भन्ने अपेक्षा गरेर नै उम्मेदवारी दिएका छौँ बिश्वास पनि छ शाह जि सहितको हाम्रो समूह लाई पत्याउनुहु हुनेछ।” उनले सम्पुर्ण वाडाका सभापति तथा क्षेत्रीय प्रतिनिधि हरु समक्ष भोटको लागि आव्हान समेत गरेका छन।

प्रतिकृया दिनुहोस्