बर्दगोरिया गा.पा. अध्यक्षको लागि राप्रपा बाट नवीन जोशिको उम्मेदवारी।

बैसाख ११, २०७९ आइतबार 30

बर्दगोरिया गा.पा. अध्यक्षको लागि राप्रपा बाट नवीन जोशिको उम्मेदवारी।

कैलाली,

कैलालिको बर्दगोरिया गाउँ पालिकाको अध्यक्ष पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टि (राप्रपा) बाट नवीन जोशी ले उम्मेदवारी दर्ता गराएका छन।

६ वटा वार्डा रहेका गाउपालिका का सबै वार्डा सहितका लागि राप्रपा बाट ३२ जनाले मनोनयन दर्ता गराएका छन।

अध्यक्ष पदका लागि उम्मेदवारी दिएका जोशी पेशा ले कृषक हुन। बर्दगोरिया २ बौनियाका स्थाइ बासिन्दा जोशी को भैंसी पालन र तरकारी खेती व्याबसाय छ। उनको मुख्य एजेन्डा पनि कृषि उत्पादको उचित मुल्य स्थापित गर्ने र कृषक हरुलाइ प्रोत्साहन गर्ने रहेको छ।
राप्रपा बाटै उपाध्यक्ष मा कर्मा देबि सिहं ले मनोनयन दर्ता गराएकी छिन, उनी पेशाले स्वास्थ्यकर्मी हुन।

राजनिती शास्त्रमा स्नातकोत्तर गरेका जोशी ले इजरायल बाट १ बर्षे कृषि तालिम समेत गरेर आएका हुन। राजनीति र समाजसेवामा उत्तिकै दखल राख्ने जोशिको उम्मेदवारी ले बर्दगोरियामा नयाँ तरंग पैदा भएको छ।
सानो पार्टि भनिएको राप्रपा ले पालिका देखि वार्डा सम्म पढेलेखेका र विभिन्न कालखण्ड भोगेका नेतालाइ टिकट दिए संगै बर्दगोरियामा प्रतिस्पर्धा को नयाँ स्वाद आएको हो।
आज बर्दगोरिया बाट नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी ले मनोनयन दर्ता गराएका छन भने भोलि अन्य पार्टीहरुले पनि गराउने छन।

२०७४ को निर्वाचन बाट अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादि केन्द्र ले जित हात पारेको थियो।

प्रतिकृया दिनुहोस्