अछामको तुर्माखाँदमा नबिल बैंकको उद्यमशीलता विकास र वित्तीय साक्षरता कार्यक्रम सम्पन्न।

जेठ १७, २०७९ मंगलबार 23

अछामको तुर्माखाँदमा नबिल बैंकको उद्यमशीलता विकास र वित्तीय साक्षरता कार्यक्रम सम्पन्न।

तुर्माखाँद अछाम,

अछामको तुर्माखाँद गाउँपालिकामा युवा उद्यमशीलता र स्वरोजगार प्रवर्द्धन गरी युवालाई आत्मनिर्भर बनाउने उदेश्यले उद्यमशीलता विकास र वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको छ ।

नबिल बैंक, राष्ट्रिय युवा परिषद र तुर्माखाँद गाउँपालिकाबीच त्रिपक्षीय समझदारी भएअनुसार कार्यक्रम सञ्चालन गरिएको थियो ।

कार्यक्रम तुर्माखाँद गाउँपालिका अध्यक्ष डम्बर बिसि को प्रमुख आतिथ्यतामा भएको थियो त्यस्तै कार्यक्रममा नवील दिगो बैंकिङ ऋण प्रमुख लिला प्रसाद ओझा, गाउँपालिकाका उपाध्यक्ष, वडा अध्यक्ष हरु,गाउँपालिका का पुर्व अध्यक्ष, र विभिन्न पार्टिका प्रतिनिधिहरु लगाएत अतिथि रहनुभएको थियो ।

कार्यक्रममा नवीन दिगो बैंकिङ ऋण प्रमुख लिला प्रसाद ओझाले युवा र महिलाहरुको उद्यमशीलता विकास र रोेजगारी सिर्जनामा सहयोग गरी दिगो समाजको निर्माण गर्न नबिल बैंक सधैं तत्पर रहेको बताए ।

नबिल बैंक सुदुरपशिम एवम् कर्णाली प्रदेश प्रमुख टेक राज भट्ट ले समापन गर्नुभएको कार्यक्रमको सञ्चालन नबिल बैंक तुर्माखाँद शाखा अपरेसन इन्चार्ज हरिशचन्द्र जोशिले गर्नुभएको थियो।

प्रतिकृया दिनुहोस्