अछामको तुर्माखाँदमा नबिल बैंकको उद्यमशीलता विकास र वित्तीय साक्षरता कार्यक्रम

जेठ १८, २०७९ बुधबार 25

अछामको तुर्माखाँदमा नबिल बैंकको उद्यमशीलता विकास र वित्तीय साक्षरता कार्यक्रम

अछाम,

नबिल बैंकले अछामको तुर्माखाँद गाउँपालिकामा युवा उद्यमशीलता र स्वरोजगार प्रवर्द्धन गरी युवालाई आत्मनिर्भर बनाउने उदेश्यले उद्यमशीलता विकास र वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रम तुर्माखाँद गाउँपालिका अध्यक्ष डम्बर बिसि को प्रमुख आतिथ्यतामा भएको थियो ।
गाउँपालिकाका उपाध्यक्ष, वडा अध्यक्षहरु, गाउँपालिकाका पुर्व अध्यक्ष तथा अन्य विशिष्ट व्यत्तित्वहरु
अतिथि रहनुभएको उक्त कार्यक्रममा स्थानिय किसान, युवा तथा महिला उद्यमीहरु साथै अन्य गाउँपालिका बासीहरुको राम्रो उपस्थिती थियो ।
कार्यक्रममा नबिल दिगो बैंकिङका प्रबन्धक लिला प्रसाद ओझाले युवा र महिलाहरुको उद्यमशीलता विकास र रोजगारी सिर्जनामा सहयोग गरी दिगो समाजको निर्माण गर्ननबिल बैंक सधैं तत्पर रहेको बताउनु भयो।
नबिल बैंक सुदुरपश्चिम एवम्कर्णाली प्रदेश प्रमुख टेक राज भटले समापन गर्नुभएको कार्यक्रमको सञ्चालन नबिल बैंक तुर्माखाँद शाखाका अपरेसन इन्चार्ज हरिशचन्द्र जोशिले गर्नुभएको थियो।

प्रतिकृया दिनुहोस्