बर्दियामा हात्तीको आक्रमणबाट आमा छोरीको निधन

समाचार

 बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको जंगली हात्तीको आक्रमणबाट आमा छोरीको ज्यान गएको छ । निकुञ्जभित्रबाट गाउँ पसेको जंगली हात्तीको आक्रमणबाट सोमबार राती गेरुवा गाउँपालिका १ सरखुल खपतपुरकी ३७ वर्षीया चन्द्रा विकको ज्यान गएको निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम थापाले जानकारी दिनुभयो ।

गर्मीले गर्दा घरबाहिर आँगनमा सुतिरहेका बेला चन्द्रा र उहाँकी तीन वर्षीया छोरी दीपिकालाई सोमबार राति झण्डै ९ बजेतिर जंगली हात्तीले आक्रमण गरेको निकुञ्जले जनाएको छ ।

हात्तीको आक्रमणबाट चन्द्राको घटनास्थलमा ज्यान गएको छ । मृतक चन्द्राकी छोरी दीपिका गम्भीर घाइते भएकाले उपचारका लागि शिक्षण अस्पताल नेपालगन्ज लगिएको थियो ।

दिपिकाको अस्पतालमा उपचारका क्रममा ज्यान गएको साहायक संरक्षण अधिकृत थापाले बताउनुभयो । बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठ सहितको टोली मंगलबार बिहान घटनास्थलतर्फ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *