एक्कासी प्रधानमन्त्रीले राजीनामा दिँदै।

समाचार

राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा प्रतिनिधिसभा विघटन गरिएको विषयमा शनिबार ट्वीटमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै राणाले विश्वमा सफल राजासहितको प्रजातन्त्रको मोडल अनुसरण गरेर विगतको गल्ती सच्याउनु पर्ने उल्लेख गरेका छन्। उनले राष्ट्रपति र प्रधानमन्त्रीको साँठगाँठले संविधानको धज्जी उडाएको भन्दै राणाले राष्ट्रपति र प्रधानमन्त्रीको साँठगाँठले संविधानको पूर्ण अवमूल्यन भएको आरोप लगाए।

Taja Khabar Daily/ काठमाडौ। राप्रपा अध्यक्ष पशुपतिशमशेर राणाले नेपालमा राजतन्त्रको अपरिहार्यता पुनः पुष्टि भएको दाबी गरेका छन्।

उनले दलभन्दा माथि रहने राष्ट्रप्रमुख, निष्पक्ष अभिभावकका रूपमा शाहवंशीय राजसंस्थाको अपरिहार्यता पुनःपुष्टि भएको उल्लेख गरे। ‘विश्वका सफल प्रजातान्त्रिक अभ्यास अनुकूल राजा सहितको प्रजातन्त्र अनुसरण गरेर गल्ती सच्याउनुको विकल्प छैन’, उनले लेखेका छन्।

निर्वाचन प्रजातान्त्रिक अभ्यास भए पनि कुर्सी जोगाउनु जनताको ज्यान जोखिममा पार्नु अमानवीयताको पराकाष्ठा भएको राणाको ठहर छ। ‘कसैको कुर्सी जोगाउन नेपाली जनताको रोग, भोक, शोकमा आँखा चिम्लिनु अमानवीयताको पराकाष्ठा हो’, उनले भनेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *