प्रधानमन्त्रीलाई एक वर्ष जेल सजायको माग गर्दै सर्वोच्चमा रिट दायर।

समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

 

वरिष्ठ अधिवक्ता दीनेश त्रिपाठीले पुनःस्थापित प्रतिनिधिसभा विघटन गरेको भन्दै कारबाहीको माग गर्दै रिट दायर गरेका छन्।

 

उनले प्रधानमन्त्री ओलीले पुनः प्रतिनिधी प्रतिनिधी सभा विघटन गरेर अदालतको गम्भीर अवहेलना गरेकोले निजलाई तत्काल २४ घण्टाभित्र अदालतमा उपस्थित गराइ अदालतको अवहेलनामा अधिकतम अर्थात १ वर्ष कैद एवं दश हजार जरिबाना गरी पाउ भन्ने माग सहितको निवेदन आज सर्वोच्चमा पेश गरेका हुन् ।

 

‘अदालतले गरेको प्रतिनिधि सभाको पुनर्बहालीलाई जसरी पनि असफल गराउने बदनियत सुरुदेखि नै राखेको देखिन्छ । त्यसैले निजले प्रतिनधि सभालाई कुनै पनि मौका नदिएर हठात संसदको अधिवेशनलाई अन्त्य गर्नुभयो,’ रिटमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *