शिक्षा मन्त्रालयबाट आयो विद्यार्थीहरुलाइ यस्तो खबर ,शिक्षामन्त्री यसो भन्छन।

समाचार

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले यस वर्षको एसईई परीक्षा भौतिक रूपमा गर्ने सम्भावना न्युन रहेको बताएका छन् । उनले परीक्षाका लागि विभिन्न विकल्पबारे छलफल भैरहेको जानकारी दिए ।

 

 

राष्ट्रिय परीक्षा बोर्डले शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालको संयोजकत्वमा गठित समितिले दिएको प्रतिवेदनको आधारमा परीक्षाको मोडालिटिका विषयमा निर्णय हुने उनको भनाइ छ ।

 

 

 

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको ज्ञापनपत्र बुझ्ने क्रममा मन्त्री श्रेष्ठले सो जानकारी दिएका हुन् । संगठनका अध्यक्ष ऐन महरसहितको टोलीले मन्त्री श्रेष्ठलाई १३ बुँदे ज्ञापनपत्र बुझाएको थियो ।

 

 

 

सो क्रममा मन्त्री श्रेष्ठले एसईई र कक्षा १२ को परीक्षाको विषयमा मन्त्रालयले यही महिनाभित्र जानकारी दिने बताए ।

 

 

 

‘सबै परीक्षाको विषयमा चाँडै निर्णय गर्नेछौँ,’ मन्त्री श्रेष्ठले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *