सर्वाेच्च पुगेका प्रचण्ड-देउवाहरु आफै परे कारवाहीमा, हुनेभयाे गम्भीर सजाय !

समाचार

काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा भएको संसद विघटनको विरोध गर्दै सर्वाेच्च अदालतमा पुगेको विपक्षी गठबन्धन आफै तनाबमा परेको छ ।

 

कोरोना भाइरसको महामारीले देश आक्रान्त परेका बेला १४६ सांसद सर्वाेच्च अदालत अगाडि पुगेर भेला भएपछि उनीहरु आफै नै कारवाहीमा पर्न सक्ने भएका हुन् ।

 

सरकारकाले यतिबेला सार्वजनीक स्थानमा दुई दर्जन मानिसहरूलाई समेत भेला हुने अनुमति दिएको छैन् । यस्तोमा १४६ जना सर्वाेच्चमा पुग्दा उनीहरुबाट निर्देशनको अवज्ञा भएको स्पष्ट देखिन्छ ।

 

कतिपय मानिसहरुले त कोरोनाले देश आक्रान्त पारेका बेला यसरी सर्वाेच्चमा भेला भएको घटनालाई लिएर सामाजिक सञ्जालमा आलोचना समेत गर्न थालिसकेको छन् ।

 

निकै नै संवेदनशिल अवस्थामा देशकै उच्च न्यायिक अंग अगाडि खुलेयाम सरकारको निर्देशनको अवज्ञा गर्दा उनीहरू कारवाहीमा पर्न सक्ने देखिएकाे हाे ।

 

राष्ट्रपतिको स्वविवेकिय अधिकार अनुसार विघटन भएको प्रतिनिधि सभा पुर्नस्थापना हुन नसक्ने यसअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्ट पारिसकेको छन् । तर, अनेकथरि गुटबन्धी बनाएर विपक्षीहरूले प्रधानमन्त्रीविरूद्धकाे षडयन्त्र भने छाेडेका छैनन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *