एमालेको घरमा काँग्रेसले डकैती गरेको गम्भिर आरोप लगाउँदै गोकुल बाँस्कोटाको यस्तो ट्वीट।

समाचार

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले एमालेको घरमा नेपाली काँग्रेसले डकैती हानेको आरोप लगाएका छन् । उनले डकैती हानेर धनमाल लाने उल्टै ती मेरै हुँ भन्ने गरेको भन्दै प्रश्न गरे ।

 

आज ट्वीट गर्दै बाँस्कोटाले प्रश्न गरेका छन्, एमालेको घरमा काँग्रेसले डकैती हानेर धनमाल लाने उल्टै ती मेरै हुन् भन्ने ? काँग्रेसमाथि निर्दलीयताको पक्षपोषण गरेको आरोप लगाउँदै लोकतन्त्रको गीत गाउने हक गुमाएको टिप्पणी समेत गरेका छन् ।

 

उनले लेखेका छन्ः एमालेको घरमा काङ्ग्रेसले डकैती हानेर धनमाल लाने उल्टै ती मेरै हुन भन्ने ? काङ्ग्रेसले निर्दलीयताकको पक्षपोषण गरेकोले लोकतन्त्रको गीत गाउने हक गुमायो। ७६को ५ले स्पष्ट रुपमा दुई वा दुईभन्दा बढी दलकै समर्थन खोजेको छ सांसदहरुको स्वतन्त्र समर्थनलाई अस्विकार गरेको छ। २ र ५ जोडेर हेरौ न ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *