अन्तराष्ट्रिय उडान कहिले हुन्छ ? सरकारले दियो यस्तो जानकारी

समाचार

काठमाडौ । महामारी नरोकिएका कारण अझै तत्काल अन्तराष्ट्रिय उडान नहुने भएको छ । महामारीको चेन ब्रेक गर्नुपर्ने गर्नुपर्ने भएकाले उडान कायम राखिने भएको हो । भाइरस रोकथाम र नियन्त्रणका लागि अन्तर्राष्ट्रिय उडानमा लगाइएको रोक कायमै हुने पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले बताए ।

 

नयां भेरियन्टको पनि जोखिम थप बढ्दै गएका कारण सो कुरालाई मध्यनजर गर्दै सरकार तत्काल अन्तर्राष्ट्रिय उडान नखोल्ने मनस्थितिमा पुगेको हो ।

 

परिस्थिति सहज हुँदै गएपछि सातामा एक दुई उडान थप गर्दै अन्तर्राष्ट्रिय उडान खोल्ने सोच रहेको उनले बताएका छन् । जोखिम पुरै अन्त्य भएपछि मात्र अन्तराष्ट्रिय उडान पुरै खोलिने उनले बताए ।

 

सरकारले अहिले जेठ १७ गते मध्यरातसम्म अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको छ । सरकारले जोखिम कायम रहेका कारण अझै केही समय अन्तराष्ट्रिय उडान नखोल्ने संकेत गरेको छ भने आन्तरिक उडानमा भने अवस्था हेरेर निर्णय गर्न सक्ने देखिएको छ । मन्त्री ढकालले आन्तरिक उडानमा लगाइएको रोक अर्को सूचना जारी नभएसम्म कायमै रहने बताए।

 

अप्ठेरोमा परेकाहरुलाई अहिले चार्टर्ड, उद्धार, कार्गो र कूटनीतिक उडान नियमित भइरहेका छन् । यस्ता उडान नरोकिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *