को को न्यायाधीश रहलान संवैधानिक इजलासमा ? हेर्नुहोस्।

समाचार

काठमाडौ । प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा परेका सबै रिट निवेदनको आजदेखि संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले संसद्‌ विघटनसम्बन्धी रिट निवेदनहरूलाई संवैधानिक इजलासमा पठाउने आदेश दिएको थियो। संविधानअनुसार संवैधानिक इजलासमा पाँच जना मात्रै न्यायाधीश रहेन व्यवस्था छ। त्यसका लागि न्यायपरिषद्को सिफारिसमा १३ जना न्यायाधीशको रोष्टर तयार पारिएको छ। जसमा प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणा अनिवार्य रहनेछन्। बाँकी १२ जनामध्ये चार जनालाई छनोट गरेर इजलासमा राख्ने दायित्व प्रधानन्यायाधीश राणाकै हो। इजलास गठनमा प्रधानन्यायाधीशलाई स्वविवेकीय अधिकार दिइएको छ।

 

गत पुस ५ गते भएको विघटनविरुद्ध परेका रिटको सुनुवाइका लागि उनले रोष्टरको वरियताक्रम मिचेर इजलास गठन गरेपछि चर्को आलोचना भएको थियो। यसपटक वरियताक्रम अनुसार नै इजालसमा न्यायाधीश तोकिन्छन् कि ‘पिक एण्ड चुज’ अनुसार राणाले आफूलाई मन परेका न्यायाधीश राख्लान भन्ने चासो देखिएको छ। संवैधानिक इजलासको रोष्टरमा प्रधानन्यायाधीश राणासहित न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिल सिन्हा, प्रकाशसिंह राउत, सपना प्रधान मल्ल, तेजबहादुर केसी, बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तान रहेका छन्। यदि वरियताको आधारमा इजलास गठन भयो भने राणादेखि श्रेष्ठसम्मले इजलासमा बस्ने मौका पाउनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *