विपक्षीलाई लोकप्रिय बजेट आउने डर, सरकार विरुद्ध सर्वोच्चमा अर्को रिट

समाचार

काठमाडौं । आर्थिक बर्ष २०७८/७९ को बजेट ल्याउन जम्मा २ दिन बाँकी छ । २ दिनको चटारो अर्थ मन्त्रालयलाई पूर्ण लागेको छ । सरकारले सबै कार्यक्रम तय गरिसकेको छ । आज र भोलीमा राष्ट्रपतिले अध्यादेश ल्याउनेछिन् ।

 

त्यसपछि सरकारले जेष्ठ १५ गते बजेट ल्याउने छ । तर यस बर्षको बजेट नीति तथा कार्यक्रम विना नै ल्याईने भएको छ । प्रतिनिधि सभाको विघटन भइसकेकोले यस बर्ष नीति तथा कार्यक्रम नआउने भएको हो ।

 

प्रधानमन्त्री केपी ओलीको सरकारले कोराना, जनातमुखी र सुखी नेपाली समृद्ध नेपालको अभियानलाई सार्थकता हुने गरि बजेट ल्याउन लागेको बताइएको छ । विपक्षी दल तथा गठबन्धनले सरकारले काम चलाऊ मात्रै बजेट ल्याउनु पर्ने धारणा राख्दै आएका छन् ।

 

यस बर्षको बजेट कार्यक्रम सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा हुने छ । त्यहाँ अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण गर्नेछन् । विपक्षी दलका नेता तथा अर्थविद्हरुले नयाँ कार्यक्रम नसमेट्न लगातार दबाब दिइरहेका छन् ।

 

यस पटकको बजेट फेल नहुने हुँदा सोही अनुसार तयारीका साथ अर्थमन्त्री पौडेलले लोकप्रिय बजेट ल्याउन सक्ने बुझिएको छ । त्यसैलाई रोक्नको लागि विपक्षी गठबन्धन पक्षका नेता तथा अर्थविद्हरुले संविधानबिपरित बजेट ल्याउन लागेको भन्दै सर्वोच्च अदालतमा अन्तिरम आदेशको मागगर्दै रिटहरु दर्ता गर्न थालेका छन् ।

 

निर्वाचन आयोगका पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले विज्ञप्ती नै जारी गरेर जनतालाई एक पक्षमा पार्ने बजेट नल्याउन सरकारसँग माग नै गरेको छ । बिहीबार पूर्व निर्वाचन आयुक्तहरू सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा। अयोधिप्रसाद यादव र कार्यबाहक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरूङले विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।

 

उनीहरुले वर्तमान कामचलाउ सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउँदा त्यसमा समेटिने कार्यक्रमले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनलाई प्रभावित नबनाउने गरी ल्याउनु पर्नेमा जोड दिएका छन् ।

 

यस पटकको बजेटमा स्वास्थ्य र शिक्षालाई प्रथामिकता दिने संभावना छ । त्यस्तै बृद्धभत्ता ५ हजार पुर्‍याउने र सरकारी कर्मचारीको तलवभत्ता वृद्धि गर्ने कार्यक्रम हुने सक्ने अनुमान छ । काम चलाऊ सरकारले अध्यादेश मार्फत बजेट ल्याउन लागिएकोले विशेषगरि चुनाव र जनाता लक्षित कार्यक्रमहरु पनि आउन सक्ने अनुमान गरिएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *