खुकुलो बनाएर फेरि थपियो निषेधाज्ञा ! के के खुल्छ? के के बन्द? पूरा पढ्नुस!

Breaking News देश राष्ट्र समाचार समाज

काठमाडौं,

जेठ १९ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू जेठ २१ गतेपछि निषेधाज्ञामा खुकुलो गर्ने तयारीमा पुगेका छन् ।

उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको बैठकले निषेधाज्ञाको अवधि जेठ मसान्तसम्म लम्ब्याउने निर्णयमा पुगेको हो भने अबको निषेधाज्ञा पछिल्लो निषेधाज्ञाभन्दा खुकुलो हुने बताइएको छ ।

एक साताको कडा निषेधाज्ञाको समीक्षा गर्दै खुकुलो बनाउने विषयमा छलफल गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए । उनले भने ‘अहिलेसम्म गरिएको निषेधाज्ञा केही सुधारोन्मुख भएको छ ।

अहिले सं’क्रमणदर घट्दै गएको छ भने अस्पतालहरूमा सं’क्रमि’तका लागि उपचार गर्न बेड तथा अक्सिजनको अभाव हटेको छ । आगामी दिनमा कसरी अगाडि बढ्ने भन्नेबारेमा थप छलफल भएको छ ।’बैठकले गरेको निर्णय गृह सचिव महेश्वर न्यौपानेसँग छलफल गरे पनि सार्वजनिक जानकारीको लागि प्रकाशित गर्ने बुझिएको छ ।

पछिल्लोपटक खाद्य पसलहरूमा समेत लगाइएको प्रतिबन्धले भीड धेरै हदसम्म नियन्त्रणमा आएको निष्कर्षमा अधिकारीहरू पुगेका थिए । ‘अब खाद्य सामग्री बिक्रीमा केही खुकुलो र व्यवस्थित बनाउनेबारे तयारी गरेको छौं ।

स्वास्थ्य मन्त्रालयले हरेक दिन सार्वजनिक गर्ने तथ्यांकमा हाल सं•क्रमण दर केही घटेको देखिन्छ’ –प्रजिअ निरौलाले भने । संक्रमण र स्वास्थ्यविज्ञहरूको सुझाव तथा अन्य अध्ययनलाई विश्लेषण गरी निषेधाज्ञाबारेको निर्णय लिने ललितपुरका प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिए। नेपाल समाचारपत्र दैनिकबाट…

जानकारीको लागि सेयर गर्नुहोला!

 

धन्यवाद

Leave a Reply

Your email address will not be published. Required fields are marked *