नीतालाई स्वर्ण, दीपेन्द्रलाई रजत

खेलकूद

‘प्रथम काठमाडौँ भर्चुअल राष्ट्रिय खुला तेक्वान्दो (पुम्से) च्याम्यिनसिपमा नेपाली सेनाका निता गुरुङले स्वर्ण तथा सेनाकै दीपेन्द्र गुरुङले रजत पदक जितेका छन्। महिला एकलतर्फ १८ वर्षदेखि ३० वर्ष उमेर समूहमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका निताले ६ दशमलव ७० अंक प्राप्त गर्दै स्वर्ण पदक जितेकी हुन्। सेनामा प्युठ दर्जामा कार्यरत निता गत वर्ष मङ्सिरमा नेपालमा सम्पन्न भएको १३ औँ दक्षिण एशियाली खेलकूद (साग) मा स्वर्ण पदक विजेतासमेत हुन्। उनले १३ औँ सागकै स्वर्ण पदक विजेता सञ्जिला तिम्सिनालाई पराजित गरेकी हुन्। वैबीच कडा प्रतिस्पर्धा भएको थियो। स्युचाटारको टोलीबाट खेलेकी सञ्जिलाले ६ दशमलव ५६ अंक प्राप्त गर्दै रजत पदकमा चित्त बुझाइन्। सो स्पर्धामा मुलपानी क्लबका चन्दु शाहीले ६ दशमलव १६ अंक तथा दाङका सुनिता विष्टले ५ दशमलव ४३ अंकका साथ कास्य पदक प्राप्त गरेका प्रतियोगिताका निर्णायक अशोक खड्काले जानकारी दिए।

यसैगरी पुरुषतर्फ १८ वर्षदेखि ३० वर्ष उमेर समूहमा सेनाको त्रिभुवन आर्मी क्लबका दिपेन्द्रले रजत पदकमै चित्त बुझाउनु प-यो। सेनामा सिपाही दर्जामा कार्यरत उनी नेपाल प्रहरीका प्रेमबहादुर लिम्बूसित पराजित भए। प्रेमबहादुरले ६ दशमलव ७३ अंक प्राप्त गर्दै स्वर्ण पदक जिते। दीपेन्द्रले उक्त स्पर्धामा ६ दशमलव ५० अंक प्राप्त गरे। प्रहरीका प्रेमबहादुर र सेनाका दीपेन्द्र १३औँ सागका कास्य पदक प्राप्त खेलाडी हुन्। सो स्पर्धामा मुलपानी क्लबका पुष्पप्रसाद गौतमले ६ दशमलव २० अंक तथा दोलखाका नोर्बु मोक्तानले ५ दशमलव ९६ अंक प्राप्त गर्दै कास्य पदक प्राप्त गरे। काठमाडौँ जिल्ला तेक्वान्दो संघद्वारा आयोजित उक्त प्रतियोगितामा १९ टोलीका १७० खेलाडीको सहभागिता रहेको थियो। प्रतियोगितामा अशोक खड्का, मीन न्यौपाने, हीराबहादुर थापा, नोर्बु लामा र विक्रम खड्गीले निर्णायकको भूमिका निर्वाह गरेका थिए। रासस

नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक विजेता जीतबहादुर केसीलाई कोरोना भाइरस संक्रमण भएको छ। दिसामा रगत देखिएपछि उपचारका लागि अस्पताल पुर्याउँदा पीसीआर परीक्षण गर्न भनेपछि संक्रमण भएको थाहा भएको केसीका छोरा योगेन्द्रले जानकारी दिए। ‘बुबालाई सोमबार अलि सन्चो भएन। सुरुमा बान्ता गर्नुभयो। त्यसपछि दिसामा रगत देखिएपछि वयोधा अस्पताल लग्यौँ’, छोरा योगेन्द्रले भने, ‘पीसीआर परीक्षणपछि मात्र भर्ना गर्न मिल्छ भनेपछि हामीले स्टार अस्पतालमा लगेर परीक्षण गरायौँ। साँझ रिपोर्ट लिन बोलाएको थियो तर पछि फोन आउँछ भनेपछि हामीलाई शंका भयो।’ सोमबार टेकु अस्पतालबाट फोन आएपछि पोजेटिभ रिपोर्ट आएको थाहा पाएको योगेन्द्रले बताए। अहिले उनी आफ्नै घरमा आइसोलेसनमा बसेका छन्। छोरा योगेन्द्रले भने, ‘अब केही दिनमा वडाका मान्छेहरु आउनुहुन्छ होला भन्नुभएको छ। अहिले बुबा घरमै आइसोसेलनमा हुनुहन्छ। लक्षण केही देखिएको छैन। दिसामा रगत देखिएकोले त्यसको औषधि भने चलाइरहेका छौँ।’ ७२ वर्षे केसीले नेपालका लागि सन् १९७३ मा फिलिपिन्समा भएको एसियन एथलेटिक्स च्याम्पियनसिपमा कांस्य पद जितेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *