ओमानमा दूताबास भवन बनाउन नेपालले जग्गा किन्यो

समाज

९ भदौ, काठमाडौं । ओमानको राजधानी मस्कटमा आवासीय दूतावास भवन बनाउनका लागि नेपालले जग्गा लिजमा लिएको छ । २० वर्षका लागि खरिद गरिएको जग्गाको मूल्य नेपालले प्रतिवर्ष ६ लाख ३७ हजार ७३५ रुपैयाँ बुझाउनुपर्छ । जग्गा खरीद सम्बन्धी सम्झौतामा मंगलबार ओमानस्थित नेपाली राजदूत शर्मिला पराजुली ढकालले हस्ताक्षर गरेकी छिन् । ओमान सरकारका तर्फबाट त्यहाँको परराष्ट्र मन्त्रालयका सचिव मोहम्मद विन नासिर विन मोहम्मद अल वहेबीले हस्ताक्षर गरे ।नेपाली दूतावास भएका देशहरूमा आफ्नै भवन बनाउने नेपाल सरकारको नीतिबमोजिम मस्कटमा दूतावासको आफ्नै भवन बनाउनका लागि जग्गा प्राप्तिको पहिलो काम सम्पन्न भएको राजदूत ढकालले अनलाइनखबरलाई बताइन् । यो सम्झौतासँगै समग्र खाडी क्षेत्रमा आफ्नै भवन हुने पहिलो नेपाली दूतावास हुने दिशामा नेपाली दूतावास ओमान अघि बढ्ने ढकालको दाबी छ । आफ्नै भवन हुँदा दूतावासको बर्षेनी घर भाडामा हुने खर्चमा व्यापक कटौती भई मुलुकलाई आर्थिकरूपमा समेत बोझ कम हुने उनले बताइन् ।हाल भाडामा रहेको ओमानस्थित नेपाली दूताबासको कार्यालय एवं आवासीय खर्च मासिक १५ लाखभन्दा बढी अर्थात, वार्षिक १ करोड ८३ लाखको हाराहारीमा हुने गरेको छ । सम्झौताअनुरूप ओमानको कूटनीतिक हाताभित्र ४१ सय वर्ग मिटर क्षेत्रफलको जग्गा २० वर्षलाई लिजमा लिइएको हो । उक्त अवधिपश्चात् आपसी सहमतिमा सम्झौताको अवधि बढाइने सम्झौतामा उल्लेख छ । लिजमा लिइएको जग्गामा अब चाँडै भवन बनाउने राजदूत ढकालले बताइन् ।

म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले नेपाली दूतावास कुवेतका श्रमसहचारी तथा मोना कुवेतका मानार्थ सल्लाहकार ज्ञानेन्द्र शर्मालाई एक विशेष कार्यक्रमको आयोजना गरी बिदाई गरेको छ । मोना कुवेतका अध्यक्ष प्रेम बहादुर बिश्वकर्मा, उपाध्यक्ष मान बहादुर फगामी, महासचिब चन्द्र बिश्वकर्मा, सहसचिब तेजिन श्रेष्ठ र कोषाध्यक्ष कृष्ण प्रसाद खड्काले नेपाली दूतावास कुवेतका श्रमसहचारी तथा मानार्थ सल्लाहकारलाई दोसल्ला, खादा लगाई उहाँले गनु भएको कार्यको उच्च मुल्याङ्क गर्दै प्रशंसा पत्रले सम्मान गरी बिदाई गरेको छ । उक्त बिदाई कार्यक्रममा बोल्दै श्रमसहचारीले भन्नुभयो कुवेतको बसाईलाई बिट मारी जादै गर्दा निकै दुख लागेको छ । भावि दिनमा कुवेतमा कार्यरत नेपालीको समस्यामा सक्दो सहयोग गर्ने साथै मोना कुवेतको लागी पनि जुनसुकै ठाउँमा रहे पनि आफुले सक्दो सहयोग गर्ने बताउनु भएको छ । म्याग्दी जिल्ला पात्लेखेत स्थायी घर भएका ज्ञानेद्र शर्मा २०७४ पुस ०५ गते नेपाली दूतावास कुवेतका लागि श्रमसहचारीको रुपमा कुवेत आउनु भएको थियो । नेपाली दूतावास कुवेतमा झण्डै ३१ महिना काम गरी २९ अगष्ट २०२० का दिन बिहाना १० बजे नेपाल एयरलाइन्सको फ्लाइटबाट नेपाल फर्किदै हुनुहुन्छ । कुवेतमा नेपालीको समस्यामा हरदम सहयोग गर्दै आउनु भएका श्रमसहचारी आफ्नो सफल कार्यकाल पुरा गरी नेपाल फर्किन लाग्नु भएको हो । कुवेतमा नेपालीहरुको हरेक समस्या समाधान गर्न तल्लिन रहनुको साथै कुवेतमा रहेका कृयाशिल संघ सस्था संग पनि श्रमसहचारीले निकै राम्रो समन्वय गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *