प्रधानाध्यापक माझिको को’रोना संक्रमणका कारण नि’धन !

समाचार

महेश जैशी | तुर्माखाँद अछाम,
जेष्ठ २८ ।
अछामको तुर्माखाँद गाउँपालिका वार्ड नं.०६ रानिबन स्थित श्री कामेश्वरी माध्यामिक बिद्यालयका भुतपुर्व प्रधानाध्यापक तथा हाल मेनका मा.बि. रानिबनका प्रधानाध्यापक समेत रहनुभएका अमर माझिको कोरो’ना संक्र’मणका कारण आज बिहान नि’धन भएको छ।

घरमै रहेको अवस्थामा स्वास्थ्यमा सामान्य लक्षण देखिएपछी को’रोना टेस्ट गरेका माझिलाइ को’रोना सं’क्रमण पुष्टि भएको थियो। उपचारका लागि जिल्ला अस्पताल मंगलसेन लगिएका माझिको स्वास्थ्य अवस्था असामान्य भएपछी थप उपचारको लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको थियो।

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार गराइ रहनुभएका माझिको आज बिहान नि’धन भएको अस्पताल प्रशासनले बताएको छ। माझी राजनैतिक रुपमा नेपाल राष्ट्रिय शिक्षक संगठन तुर्माखाँद गाउँ कमिटि उपाध्यक्ष समेत रहनुभएको छ ।
शिक्षा क्षेत्रको आमूल परिवर्तनको लागि माझिले लामो समयदेखी संगठन भित्र र बाहिर रहेर पहल गर्दै आउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *