हे भगवान ! मेलम्ची बजार बन्यो छिनभरमै पानीको ताल । हेर्नुस अहिलेको अवस्था… Share गर्नुहोला।

Breaking News देश राष्ट्र समाचार

काठमाडौं,

करिब ४ दिन देखि परेको अविरल वर्षासँगै भिषण बा’ढीको चपेटामा परेको सिन्धुपाल्चोकको इन्द्रावती नदिको तटीय क्षेत्रमा ठूलो धनजनको क्ष’ति भएको विवरण प्राप्त भएको छ । घ’ट’नास्थलको हवाई अवलोकन गरेर फर्केका स्थानीय पत्रकार रामचन्द्र दुलालका अनुसार हालसम्म नौ जनाको श’व भेटिएको छ भने हेलम्बुदेखि दोलालघाटसम्मका ३०० भन्दा बढि घरहरु डुबानमा परेका छन् ।

सबैभन्दा बढि क्ष|ति मेलम्ची बजारमा भएपनि हेलम्बु, चनौटे, तिउल, ग्याल्थुङ, तारामाराङ, मेलम्ची, बाहुनेपाटी, सिपाघाट, दोलालघाट सम्मका नदि किनारामा क्षेत्रका घर, खेत, बारीहरु न’ष्ट गरेको जनाएको छ ।

आजै विहान घ’ट’नास्थलको अवलोकन गर्न पुगेको सो क्षेत्रका निवर्तमान सांसद मोहन बस्नेतलाई स्थानीयबासीले ५५ जना अझै बेपत्ता भएको जानकारी गराएका हुन् । सो क्षेत्रका विभिन्न स्थानमा ९ जनाको श’व भेटिएको जानकारी स्थलगत अवलोकन गरेर फर्केर आएको टोलीले बीमा पोष्टलाई जानकारी गराएको छ ।

‘घ’ट्’नास्थल निकै भ’यावह र ड’रलाग्दो छ, अवस्था निरिक्षण गरेर फर्केको छु, अब सहयोग जुटाएर आजैसाँझसम्म जनताको सेवामा फर्कने तयारी गर्दैछु ।’ निवर्तमान सांसद बस्नेतले भने । मेलम्चीभन्दा माथिको क्षेत्रहरु हेलम्बु, चनौटे, तिउल लगायतका क्षेत्रमा पनि बा’ढीले ठूलो क्ष’ति पुर्याएको छ । बाढीले हेलम्बुदेखि सिन्धुपाल्चोकको सिपाघाट हुँदै काभ्रेको दोलालघाटसम्म क्ष’ति पुर्याएको पाइएको छ ।

नदिको माथिल्लो तटीय क्षेत्रमा बढि र तल्लो तटीय क्षेत्रमा कम भएपनि दोलालघाटका सयौं विघा धान खेत बगरमा परिणत भएको स्थलगत अवलोकनको क्रममा फेला परेको छ ।

इन्द्रावती नदिमा आएको बा’ढीका कारण सो नदिको तटीय क्षेत्रमा आएको बाढीका कारण अर्बौ रुपैयाँको भौतिक क्ष’ति पुगेको छ । यद्यपि ग्रामिण भेगमा बीमाबारे पर्याप्त जनचेतना नहुँदा धेरैले बीमा नै नगरेकोले ठूलो मात्रामा बीमा दावी पर्ने सम्भावना छैन । यद्यपि कैयौं पक्कीघरहरु समेत कामै नलाग्ने गरी पुरिएकोले बीमा दावी पर्ने सम्भावना भने रहेको बीमा कम्पनीहरुल जनाएका छन् । सञ्चार सम्पर्क बिच्छेद भएकोले बीमा दावी परि नसकेको सगरमाथा इन्स्योरेन्सका सिईओ चंकी क्षेत्रीले जानकारी दिए ।

स्थानीयबासीले बैंकबाट ऋण लिएर घर बनाएको हुँदा बैंकबाट ऋण लिँदा कतिपय बैंकले बीमा अनिवार्य गरेका कारण बीमा दावी पर्ने अनुमान गरिएको छ ।

कृपया समाचार पढिसकेपछी सक्दो सेयर गर्नुहोला।

धन्यवाद!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *