काङ्ग्रेस सभापति देउवा नेपाली राजनीतिको बादसाह सावित ! औलामा नचाइदिए ओलि,नेपाल र प्रचण्ड लाइ ।

Breaking News देश राष्ट्र समाचार

काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरहादुर देउवाले अब आफ्नै नेतृत्वमा नेपाली कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाउने बताएका छन् ।

भदौ १६ देखि १९ गतेसम्म पार्टीको महाधिवेशनको कार्यतालिका अनुमोदन गरेको भोलिपल्ट शनिबार सभापति देउवाले आफूनिकट नेताहरुसँगको कुराकानीमा उक्त कुरा बताएका हुन् ।

देउवाको भनाई तात्पर्य उनी पुनः सभापतिमा दोहोरिने चाहेका छन् । र, त्यहीँ छलफल गर्न देउवाले आफूनिकट केन्द्रीय सदस्यलाई बोलाएर छलफल गरेका छन् ।

देउवाले शनिबार प्रदेश १ का केन्द्रीय सदस्यहरुसँग बूढानीलकण्ठमा छलफल गर्दै आफू सभापतिमा दोहोरिने बताए ।

उनले भने, ‘भनेकै समयमा महाधिवेशन हुन्छ । म सभापतिमा फेरि लड्छु । र, मेरै नेतृत्वमा कांग्रेसलाई देशको ठूलो पार्टी बनाउछु ।’

शनिबार छलफलमा सहमहामन्त्री सुनिल थापा, केन्द्रीय सदस्यहरु ज्ञानेन्द्रबहादुर कार्की, मीन विश्वकर्मा, सीता गुरुङ उपस्थित थिए ।

यसैगरी छलफलमा बाबुराम बस्नेत, डा. डीला संग्रौला, सुजाता परियारलगायत पनि सहभागी थिए ।

छलफलमा देउवाले महाधिवेशनमा जित्ने गरी काम गर्न पनि केन्द्रीय सदस्यहरुलाई निर्देशन दिएका छन् । साथै, सातै प्रदेशका केन्द्रीय सदस्यसँग छुट्टाछुट्टै भेट्ने कार्यक्रम पनि तय गर्न उनले भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *