तुर्माखाँद गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत: कार्यसम्पादनको आधारमा प्रोत्साहन भत्ताको व्यवस्था।

समाचार

महेश जैशी । तुर्माखाँद अछाम,

अछामको तुर्माखाँद गाउँपालिका ले आगामी आर्थिक बर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ।

महिला स्वस्थ्य स्वयं सेविका लाई प्रोत्साहन, बालबिकाश, अपाङ्ग तथा बिपन्न नागरिकको लागि औषधि उपचार सहायता लगाएतका कुराहरु निति तथा कार्यक्रममा समेटिएका छन। त्यस्तै निर्माण कार्य अधुरा रहेका संरचनाहरुको निर्माण कार्य सम्पन्न गर्ने, गाउँपालिकाको केन्द्र सम्म कालोपत्रे सडक निर्माण कार्य थालनी गर्न आवस्यक समन्वय गरि निर्माण कार्य संचालनमा ल्याउने, प्रयटन, शिक्षा, स्वास्थ्य, खेलकुद, बाल पोषण, बन तथा बाताबरणको संरक्षण, योजना तथा कार्यक्रमहरुको अनुगमन लगाएतका बिषय बस्तु निति तथा कार्यक्रममा समेटिएका छन।

गाउँपालिकाको केन्द्र सम्म केन्द्रिय बिद्युत प्रसारण लाइन बिस्तार गर्न संचालन गरिएको कार्यलाइ निरन्तरता दिने, गाउँपालिकाको साझेदारिमा आधारित उर्जा बिकाश प्रबर्द्धन कार्यक्रम र झोलुङ्गे पुल निर्माण कार्यक्रम लाई पनि निरन्तरता दिइने लगाएतका कार्यक्रमहरु आगामी आर्थिक बर्ष २०७८/०७९ को नीति तथा कार्यक्रममा समावेश गरिएको छ।
जनप्रतिनिधि र कर्मचारीको क्षमता बिकास, महिला जनप्रतिनिधिको नेतृत्व बिकास, कार्य सम्पादनको आधारमा राष्टसेवक कर्मचारिलाइ प्रोत्साहन भत्ताको वयवस्था गर्ने जस्ता कुराहरु पनि नीति तथा कार्यक्रममा समेटिएका छन।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *