हेर्दाहेर्दै यसरी भाँसियो जमिन, गाउँ नै सखाप ! सक्दो सेयर गर्नुहोला। (भिडियो सहित)

Breaking News देश राष्ट्र समाचार

काठमाडौ,

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५, शिख स्वभिताका ज्ञान बहादुर पुनको घर मुनीको जमिन धाँजा फाटेर चिराचिरा परेको छ। भिरालो पाखोमा अवस्थित पुनको घरको आगन नै चर्किएपछि घर बगाउने हो कि भन्ने डरले सुरक्षित ठाउँमा गए । स्वभिता र धस्केखरे गाउँमा माथिबाट र तलबाट दर्जनौ ठाउँमा जमिनमा धाँजा फाटेको छ । विपत्तीका कारण घर छोडेर हिडेका केही फर्किएपनि अधिकांस प्राविधिक पक्षको सुझावका आधारमा घरमा फर्किने स्थानीय तहका जनप्रतिनिधिको भनाई छ।

ठूलो पानी पर्दा कुनैपनि बेला मानवीय क्षती हुने अवस्था देखिएपछि स्थानीय जनप्रतिनिधिको पहलमा राहत वितरण गरी जोखिममा रहेका १९ घर परिवारलाई स्थानान्तरण गरियो ।गएको असार १ गतेदेखि लगातार भइरहेको अविरल वर्षातका कारण मालिका गाउँपालिका-२, बेली र खवाङ गाउँका बासिन्दा विस्थापित छन् । दुबै गाउँबाट करिब ३० घरपरिवारले बासस्थान छोडेर आफन्त,छिमेकी र सार्वजनिकस्थलमा आश्रय लिन बाध्य भएको मालिका–२ का वडा अध्यक्ष नरबहादुर पुनले बताए।

‘बस्तीमा घरको आँगन, कोठा–कोठा चिरा परेको छ, पहिरोको मुखैमा रहेका घरधुरीले रात कटाउन सुरक्षित स्थानमा लगेका छौ, विस्थापितको संख्या बर्खाभरी बढ्ने देखिन्छ’ अध्यक्ष पुनले भने ।

भारी वर्षाले जिल्लामा प्रमुख, सहायक र गाउँका कच्ची सडक ठाउँठाउँमा बगाएका कारण सवारी आवागमन ठप्प भएको छ । विस्थापितको अवस्था हाल समान्य भएपनि लामो समयसम्म घरबास छोडेर हिड्नुपरेमा आवश्यक ब्यवस्था गनुपर्ने देखिएको छ ।

पहिरोले सबैभन्दा जोखिममा रहेको बस्तीका बासिन्दालाई जोखिम नमोल्न समेत स्थानीयबासीलाई जनप्रतिनिधिले घरदैलोमै पुगेर अनुरोध गर्ने गरेका छन् । बाढीपहिरोले असर गरेको क्षेत्रमा खेतीयोग्य जमीनहरु समेत बगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *