तुर्माखाँद गाउँपालिकाको ४९ करोडको बजेट तथा कार्यक्रम सार्वजनिक: शिक्षा,स्वास्थ्य,कृषि र भौतिक पूर्वाधार क्षेत्रलाइ प्राथमिकता ।

समाचार

महेश जैसी। तुर्माखाँद अछाम,

अछामको तुर्माखाँद गाउँपालिकाले गाउँपालिकाको पाचौं गाउँ सभा मार्फत आगामी आर्थिक बर्ष २०७८/०७९ को बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ।

शिक्षा, स्वास्थ्य, कृषि र भौतिक पुर्वाधार क्षेत्रलाइ बजेटले बिशेष प्राथमिकतामा राखेको छ। अनुमानित कुल बजेट ४९ करोड ४७ लाख ५ हजार बाट चालू तथा प्रशासनिक खर्च तर्फ ८ करोड १ लाख २५ हजार छुट्याइएको छ।

गाउँ पालिकाको केन्द्र देखि आठ वटै वार्ड कार्यालय सम्म सडक सञ्जाल बिस्तार कार्यक्रम लाई प्रमुख प्रथामिकतामा राखिएको छ।
आधारभुत स्वास्थ्य सेवामा पहुँच, गुणस्तर अभिबृद्धी र स्वास्थ्य संस्थाहरुको संस्थागत क्षमता सुधारको कार्यक्रमहरु संस्थागत रुपमा बजेटको ब्यावस्था गरिएको छ।

अपाङ्गता भएका ब्याक्तिहरुको सामाजिक सुरक्षा लाई प्राथमिकताम राखी “अपाङ्ग संग अध्यक्ष” सामाजिक सुरक्षा कार्यक्रम र महिला स्वास्थ्य स्वयमसेविकाहरुले स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दै प्रोत्साहन स्वरुप “स्वास्थ्य स्वयमसेविकासंग उपाध्यक्ष” कार्यक्रम संचालनमा ल्याउन आवश्यक बजेटको ब्यावस्था मिलाइएको बजेट तथा कार्यक्रममा समावेश गरिएको छ।

त्यस्तै बजेट तथा कार्यक्रमले बिद्यालय क्षेत्र सुधार कार्यक्रमको निरन्तरताको लागि शिक्षक अनुदान, बालबिकास सहयोगी शिक्षिका, स्वास्थ्य संस्थामा कार्यरत सरसफाइ सहयोगिहरु र बिद्यालयमा कार्यरत कर्मचारिहरुले पाउँदै आएको पारिश्रमिक वृद्धि गरेको छ।

नेपाल बिद्युत प्रधिकरणसंगको साझेदारिमा गाउँपालिका भित्र केन्द्रिय प्रसारण लाइन बिस्तार गर्न र उर्जा अन्तर्गतका कार्यक्रमहरुको लागि पनि गाउँ सभाले बजेट छुट्याएको छ।

समग्रमा तुर्माखाँद गाउँपालिकाको बजेट तथा कार्यक्रम उत्कृष्ट भएको गाउपालिकाका सदस्यहरुले बताएका छन।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *