गाउँमा पानि आउला भनेर कल्पना पनि गरेका थिएनौँ – लकान्द्र गाउँको कथा ।

असार १५, २०७८ मंगलबार 58

गाउँमा पानि आउला भनेर कल्पना पनि गरेका थिएनौँ – लकान्द्र गाउँको कथा ।

महेश जैसी। तुर्माखाँद अछाम,
नेपाल सरकार,फिनल्यान्ड सरकार र तुर्माखाँद गाउँपालिका को आर्थिक सहयोगमा संचालित ग्रामीण जलस्रोत ब्यावस्थापन परियोजना (RVWRMP) तथा सहयोगी संस्था रुडेक नेपालको सहजीकरण रहेको अछामको तुर्माखाँद गाउँपालिका वार्ड नं. ३ अन्तर्गत संचालित सेलगाडी-लकान्द्र सोलार लिफ्ट खानेपानी तथा सरसफाइ आयोजना ले लकान्द्र बासिको बर्षौँ देखिको सपना पूरा गरिदिएको छ।
८६२ मिटर तलको मुहानबाट सोलार लिफ्टको प्रयोग गरि पानी गाउँको टुप्पोमा ल्याइएको छ। बस्तिको माथि २० हजार लिटरका तिन वटा ट्याङ्की बनाइएको छ। त्यही ६० हजार लिटर सोलार लिफ्ट बाट ल्याइएको पानि र ९ वटा मुहानमै बनाइएको ट्याङ्की को पानीले अहिले गाउँमा पानीको अभाव हुन दिएको छैन।

उक्त पानी अहिले गाउँका ६१ व्याक्तिगत धारा (१ घर १ धारा) र २७ वटा सामुहिक धारामा बगिरहेको छ। सेलगाडी को पानि गाउँमा नपुग्दा सम्म लकान्द्र गाउँका करिव १२० घर धुरिको एकमात्र धारा थियो सेलगाडी मुहानमा । एक गाग्री पानी ल्याउन दुई घण्टा लाग्थ्यो अहिले त हामिलाइ स्वर्गमै पुगेको अनुभूति भएको छ एक स्थानिय महिलाले भनिन। एकजना अर्का स्थानिय महिला ले भनिन उपभोक्त समिति घठन गरि काम सुरु गरिसक्दा पनि उक्त पानी गाउँमा आउने कुरा बिश्वास लागेको थिएन। हामिले सपनामा पनि सोचेका थिएनौ कुनै दिन हाम्रो गाउँमा पनि पनिका धारा बन्नेछन र यसरी पानी बग्नेछ, गाउँ भन्दा माथी कतै पानीको मुहान छैन, लाग्थ्यो हामि प्रकृतिले ठगिएका मान्छे हौँ तर हामिलाई प्रकृतिले ठगेपनि प्राविधिले भने हाम्रो सपना पूरा गरिदियो।

धेरैपटक चुनाव भयो,जो भोट माग्न आएपनी हाम्रो एकमात्र प्रस्ताव हुन्थ्यो जसले गाउँमा पानी ल्याइदिन्छ उसैलाइ भोट दिन्छौँ र अहिले उक्त सपना पूरा भएको छ। स्थानिय सरकार र सहयोगी संघ संस्थाहरु प्रति आभारी छौँ एकजना अर्का स्थानियले भने। २०७४ सालको स्थानिय तहको चुनावमा पनि धेरै नेताहरु भोट माग्न लकान्द्र पुगे, जो आएपनी लकान्द्र बासिको एउटै माग हुन्थ्यो हामिलाइ पानि चाहिन्छ। लकान्द्रा, तुर्माखाँद गाउँपालिकाको ३ नं. वार्ड अन्तर्गत पर्छ ।

असार १५ गते उक्त आयोजनाको तेस्रो चरणको सार्वजनिक सुनुवाइ तथा अनुगमन कार्यक्रम आयोजना गरिएको रहेछ, उदाहरणीय काम बनेको खबर पाएपछि हामी पनि रिपोर्टिङको लागि लकान्द्र पुग्यौं। हामी पुग्दा कार्यक्रम सुरु भइसकेको थियो स्थानियहरु र अतिथिहरु (गाउँपालिका का अध्यक्ष पुस्पराज शर्मा, उपाध्यक्ष अमृता देवि बुढा, वार्ड अध्यक्ष पदम बुढा, जलस्रोत अधिकृत बलबहादुर बिष्ट आदि) मन्तव्य राख्दै थिए। उपस्थित जनतामा खुशिको सिमा थिएन, बिशेष गरि महिलाहरुमा।
हामिले केही स्थानिय लाई उक्त आयोजना र खानेपानीको पहिलाको अवस्था र अहिलेको सहजताको बारेमा सोध्यौँ अनि स्थानिय जनप्रतिनिधिहरु संगै खानेपानीको मुहान देखी सोलार जडान गरिएको स्थान हुँदै लिफ्ट मार्फत माथी लगेको पाइप लाइन हुँदै गाउँको टुप्पोमा रहेको ट्याङ्की सम्म पुग्यौँ। लकान्द्रा बासिले अनुगमन टोलिलाइ बाजागाजा सहित खादा ओढाएर सम्मान समेत गरे।

यसबारे सम्पुर्ण जानकारी सहितको भिडियो सामाग्री खबरदार मिडियाको आधिकारिक युट्युब र फेसवुक पेज मार्फत हेर्न सकिनेछ।

प्रतिकृया दिनुहोस्