स्वास्थ्य चौकी स्तरीय अभिमुखिकरण तालिम स्वास्थ्य चौकी तोषीमा सम्पन्न।

असार १६, २०७८ बुधबार 61

स्वास्थ्य चौकी स्तरीय अभिमुखिकरण तालिम स्वास्थ्य चौकी तोषीमा सम्पन्न।

महेश जैसी । तुर्माखाँद अछाम,

स्वास्थ्य चौकीको न्युनतम सेवा मापदण्ड (HPMSS) सम्बन्धि स्वास्थ्य चौकी स्तरीय अभिमुखिकरण कार्यक्रम स्वास्थ्य चौकी तोषिमा सम्पन्न भएको छ।

तुर्माखाँद गाउँपालिकाको आयोजनामा भएको उक्त कार्यक्रमको अध्यक्षता ०७ नं. वार्डका अध्यक्ष रतन बहादुर चलाउने ले गर्नुभएको थियो। कार्यक्रममा स्वास्थ्य चौकी बाट प्रदान गरिने न्युनतम स्वास्थ्य सुबिधाको बिषयमा छलफल तथा समीक्षा गरिएको थियो।

स्वास्थ्य चौकि मार्फत उपलब्ध हुने सेवा बाट कसैलाइ बञ्चित नगरिएको र आगामी दिनमा पनि जनताको स्वास्थ्य लाई ख्यालमा राखी सेवा प्रदान गर्ने स्वास्थ्य चौकी तोषीका इन्चार्ज हरिहर राय यादव ले बताउनु भयो।
जनताको स्वास्थ्य नै सबैभन्दा ठुलो कुरा भएको भन्दै उहाँले स्वास्थ्य चौकिबाट प्रदान गर्न सकिने सेवामा सबैको पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त समेत गर्नुभयो।

कार्यक्रम मा वार्ड सदस्य हरु, स्वास्थ्यकर्मिहरु, महिला स्वास्थ्य स्वयमसेविकाहरु, तोशी माबी तोशी का प्रअ, समाजसेवी, बुद्धिजीवी, स्थानिय जनताहरु, पत्रकार लगाएतको उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्