तुर्माखाँद गाउँपालिका द्वारा अनुगमन कार्यलाइ तिब्रता । अध्यक्ष शर्मा सहितको टिम भुलु-रहफ प्रस्तान ।

तुर्माखाँद समाचार

महेश जैसी। तुर्माखाँद अछाम,

प्रायः असार लागेपछि मात्र पछिल्लो आर्थिक बर्ष को बजेट भुक्तानीको लागि काम गर्ने गरिन्छ । उपभोक्ता समिती पैसा निकाशा गर्ने दाउपेचमा हुन्छन अर्को अर्थमा भन्नुपर्दा असारे बिकाश को क्रममा यतिबेला गाउँघरमा धेरैले २/४ दिने रोजगारी पाइरहेका छन। अन्य स्थानिय तहको तुलनामा हरेक बर्ष अछामको तुर्माखाँद गाउँपालिका बिकाश निर्माणको काममा अब्बल देखिदै आएको छ।

दुर्गम तुर्माखाँद गाउँपालिकाको १ नं. वार्ड मा अझै सडक पुग्न सकेको छैन। गाउँपालिकाको केन्द्रबाट हिडेर करिब २ दिन लाग्ने वार्ड नं.१ रहफमा सडक सञ्जाल बल्ल जोडिदै छ। अहिले सम्म वार्ड नं. २ सम्म मात्र सडक पुगेको अवस्था छ। आगामी आर्थिक बर्ष २०७८/०७९ मा १ नं. वार्डाको कार्यलय सम्म सडक सञ्जाल बिस्तार गर्ने गरि बजेट पनि छुट्याइसकेको छ।

गाउँपालिका द्वारा संचालित आयोजनाहरु को बिकास निर्माणको अवस्थाबारे गाउँपालिका अध्यक्ष पुस्प शर्मा सहितको टिमले अहिले सम्म २ पटक अनुगमन गरिसकेको छ। असार मसान्त नजिकिदै गर्दा अछामको तुर्माखाँद गाउँपालिका द्वारा तेस्रो चरणको अनुगमन चलिरहेको छ। गाउँपालिका अध्यक्ष शर्मा द्वारा असार १५ गते वार्ड नं. ३ मा संचालित बिकाश निर्माणको अवस्था बारे अनुगमन तथा कार्य सम्पन्न भएका आयोजनाहरुको उद्घाटन भएको थियो।
असार १६ गते वार्ड नं. ७ तोषीमा भए गरेका आयोजनाको अनुगमन तथा उद्घाटन गरेर वार्ड नं.६ रानिवन हुदै रहफ र भुलुसम्म अनुगमन गर्ने कार्यक्रम रहेको गाउँपालिकाका उपाध्यक्ष अमृता देवि बुढाले जानकारी दिनुभयो।

अध्यक्ष शर्मा संगै उपाध्यक्ष अमृता देवि बुढा, इन्जिनियर, जलस्रोत अधिकृत तथा केही सहजकर्ताहरुको टिम रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *