यो मेरो जिन्दगी हो, यतिसम्म कि म अमेरिकामा सवारी गर्दापनी हेल्मेट लगाउन्न: पारश शाह । विवादपछि पहिलोपटक मुख खोले ।

काठमाडौ,

यो मेरो जिन्दगी हो यतिसम्म कि मैले अमेरिकामा सवारी चलाउदा पनि हेल्मेट लगाउदैन: पारश शाहले प्रहरिले छोडे लगत्तै फेसबुकमा लेखे।

काठमाडौँको बीच सडकमा पूर्व युवराज पारस शाहले शुक्रबार साँझ ट्राफिक प्रहरीसँग वि’वाद गरेका छन् । शाहसहित केहि व्यक्तिले हेल्मेट नलगाई मोटरसाइकल चलाइरहेको देखेपछि महाराजगंज चोकमा ड्युटीमा रहेका ट्राफिकले उनिहरुलाई रोकेका थिए।  ट्राफिकले रोकेपछि उनिसंगै रहेका केहिले गल्ति स्वीकार गरेपनि पारस शाह भने झग’डामै उत्रिएका हुन् ।

पारसले प्रहरीसँग झगडा गरिरहेको भिडियो केही प्रत्यक्षदर्शी तथा सर्वसाधारणले सामाजिक संजालमा हालेका छन् । जसमा प्रहरीले पारसलाई  प्रहरी कार्यालय जान आग्रह गर्छन तर उनले लगातार ‘जान्न म’ भन्दै ‘के गर्छस’ भनिरहेका छन्।  साथै उनले अगाडी भनेका छन, ‘म कहिले पनि हेल्मेट लगाउदिन थाहा छ नि हैन? सबैलाई थाहा छ। अहिलेसम्म केहि भको थिएन।  जान्न म के गर्छस? यही बस्छु।’

पारसको यस्तो हर्कत देखेर  प्रत्यक्षदर्शीले यहाँ  सर्वसाधारण भएको भए पुलिसले गाडीमा हालेर लागिसक्थ्यो भनेका छन् उनले यसो भनिरहदा परासले निकै आ-क्र’मक शैलीमा औला उठाउदै छोड, छोड भनेका छन्। त्यसबीचमा पारससँगै आएका उनका समर्थकले हल्ला गरेको देखिन्छ।

बीच सडकमा बाटोमा सर्वसाधारणको भिड  बढ्ने र अनावश्यक तनाव सिर्जना हुने देखिएपछि महानगरीय प्रहरी परिसर काठमाडौंलाई छाड्न आदेश दिएको थियो। र गल्ती स्वीकार गरी माफी मागेपछि पारस र उनका समर्थकलाई छाडिएको छ ।

तर ट्राफिक नियम उल्ल‌ंघन गरेका कारण उनीहरुमाथि कानुनी रुपमा प्रक्रिया अगाडि बढाइनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post पक्राउ परेका पारस शाह प्रहरी चौकी नपुग्दै बिच बाटो बाटै छुटे: माथिको आदेश भन्दै छोडियो…कसले छुटायो त यो हेर्नुस।
Next post भारतिय सेनाको दादागिरी : बिच नदिमा पुगेको तुइन का’टेर नेपालीको ह’त्या तर सरकार मौन ! सेयर गर्नुहोला…