खुशिको खबर: रोकिएको लाइसेन्स परीक्षा फेरि सुचारु हुँदै- हेर्नुहोस मिति सहित ।

काठमाडौ,

सरकारले को’रोना सं’क्रमण बढेसँगै निषेधाज्ञा जारी गरेपछि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल खुलाउने तयारी गरेको छ ।

यातायात व्यवस्था विभागले साउन अन्तिम सातादेखि लाइसेन्सको ट्रायल परीक्षा खुलाउने तयारी गरेको हो । विभागले आगामी आइतबार मातहतका कार्यालयसँग छलफल गरेर ट्रायल परीक्षा खुलाउन लागेको हो ।

विभागले यसअघि नै लाइसेन्सको ट्रायल खुलाउने तयारी गरेकोमा को’रो’ना सं’क्र’मण रोकथामका लागि जारी निषेधाज्ञा पूर्णरुपमा नहटेको भन्दै यातायात कार्यालयले ट्रायल खुलाउन नसकिने बताएका थिए ।

पछिल्लोपटक विद्यालय, विश्वविद्यालयलगायतका परीक्षा धमाधम सुरु भएपछि विभागले पनि ट्रायल खुलाउने तयारी गरेको हो । विभिन्न खाले सवारी साधान चलाउनका लागि अनलाइन आवेदन दिएर लाखौं सेवाग्राही ट्रायल परीक्षाको प्रतीक्षामा बसेका छन् ।

गत वर्ष लकडाउनपछि सरकारले अनलाइन प्रणालीमा आवेदन खुलाएको थियो । अनलाइन प्रणालीमार्फत ट्रायल परीक्षाका लागि आवेदन दिनेहरूले पालो कुर्दाकुर्दै को’रो`नाको दोस्रो भेरि’यन्टको सं,क्र’मण बढेपछि पुनः ट्रायल परीक्षा बन्द गरिएको थियो ।

यो समाचार आजको राजधानी दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post आफ्नै छोरिलाइ बला’त्कार गर्ने बाबू पक्राउ : मृ’त्युदण’डको सजाय माग – सक्दो सेयर गर्नुहोला।
Next post हे भगवान एक्कासी के भयो पत्रकार अपिल त्रिपाठीलाइ? बिन्ती सक्दो सेयर गर्नुहोला।