बिश्वबिद्धालय तर्फको राष्ट्रिय समितिको महासचिवमा लोकेन्द्र आर.सी मनोनीत।

महेश जैसी। काठमाडौ,                                                                         माओवादी केन्द्रको पेशागत संगठन ने.रा.क.सं. (विश्वविद्यालय तर्फ) को राष्ट्रिय समितिको महासचिव पदमा सोलुखुम्बुका लोकेन्द्र आर. सी., उपमहासचिवमा सापकोटा र सचिवमा महतरा मनोनित

माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन, विश्वविद्यालय राष्ट्रिय समितिको साउन २४ गतेको भर्चुअल बैठकद्वारा संगठनको रिक्त रहेको महासचिव पदमा सोलुखुम्बुका लोकेन्द्र आर.सी. तथा उपमहासचिव पदमा प्रकाश सापकोटा र सचिब पदमा तुलसि दिवस महतरालाई नयाँ जिम्मेवारी प्रदान गरिएको संगठनका अध्यक्ष दिपक तिवारीले जानकारी गराउनु भयो ।
विश्वविद्यालय भित्रका कर्मचारीहरुको पेशागत समस्या समाधान,सांगठानिक गतिशिलता, सामुहिकता र संगठन विस्तारमा जोड दिदै सबै विश्वविद्यालयका कर्मचारीहरुको भरलाग्दो पेशागत संगठनका रुपमा यसलाई स्थापित गराउने कुरा महासचिव लोकेन्द्र आर.सी. ले बताउनु भयो ।
त्यसै गरी बैठकद्वारा सबै विश्वविद्यालयमा अन्योल अवस्थामा देखिएको उपदान कोषको बारेमा बृहत् अन्तर्कृयाका साथमा विज्ञ समिती निर्माण गरी विश्वविद्यालयहरु र शिक्षा मन्त्रालय लाई ध्यानाकर्षण गराउने, नेपाल सरकारले घोषणा गरेको १० दिने पर्यटन भ्रमण बिदा र खर्च विश्वविद्यालयका कर्मचारीहरुले पनि पाउने सुनिश्चितता गर्न सम्बन्धित मन्त्रालयमा ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ ।
त्यसैगरी उक्त बैठकले निश्चित सेवा अवधी पुगेका तर बढुवाको लागि बिज्ञापन नभएर वृत्ति वृत्ति विकासमा अवरोध भएका कर्मचारीहरुका लागि तत्काल् तहगत बढुवाको आवेदन खुलाउन सम्बन्धित पक्षलाइ ध्यानाकर्षण गराउने र लामो समयदेखि स्थायी हुन नसकेका कर्मचारीहरुको स्थायी प्रक्रिया अघि बढाउन सम्बन्धि पक्ष सामु माग राखिने निर्णय भएको उपमहासचिव प्रकाश सापकोटाले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post ओलिलाइ उठ्यो झापाबाटै १ अर्ब घुस : ओलि भन्छन मलाइ फसाइएको हो। सक्दो सेयर गर्नुस
Next post मन्त्रीको लाइनमा रहेकी बिमला पर-पुरुषसंग यसरी चुम्माचाट्टी गर्दै। रातारात भाइरल बनेको फोटो… पूरा हेर्नुस