सन्तानलाई दूध चुसाउँदा चुसाउँदै गाडिमै संसार त्यागेकी आमाको कहालीलाग्दो कथा।

काठमाडौ,

रुकुम-पश्चिमको आठबिसकोट नगरपालिका- ९ बटलागाउँ (सुन्दरपानी) की २८ वर्षीया धर्माकुमारी बटालाले ३२ महिनाकाे छोरालाई बसको सिटमा दूध चुसाउदै मृ,त्युवरण गरेको एउटा हृदय विदारक तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । धेरैले उक्त तस्बिर फेसबुकमा राख्दै मर्मस्पर्शी स्टाटस राखिरहेका छन् ।

धेरैले उक्त तस्बिर कहाँकाे हाे के भएको भन्ने प्रस्ट पारेका छैनन् । उक्त धेरैलाई रुवाउने हृदय विदारक तस्बिर रुकुम पश्चिम आठबिसकाेट बाट नेपालगन्ज आफ्नो उपचार गर्न जादै गरेकि धर्मकुमारी बटलाकाे बसकाे सिटमा अचानक मृ’त्यु भएको तस्बिर हाे ।

बाँकेको नेपालगञ्जमा रहेका श्रीमान दलबहादुर बटालासँग सल्लाह गरि उपचारका लागि धर्माकुमारी नाबालक छोराको साथ बसमा यात्रा गरिरहेकि थिइन ।स्थानीय शिक्षक तिलक बटालाका अनुसार उनी मुटुको बिरामी समेत थिइन ।उनको बाटोमा दुखत नि’ध’न भएको हाे ।

श्रीमती धर्माकुमारी बसमा चढेपछि दलबहादुर निरन्तर फाेनमा सम्पर्क गरिरहेका थिए। बाटो बाटोमा निरन्तर फाेन गरेको र आफू सामान्य अवस्थामा छु भनेर जानकारी गराएकि श्रीमतीकाे अचानक मृ’त्यु भएको खबरले श्रीमान दल बहादुर यतिबेला निकै वि’छिप्त छन् ।

बर्दियाको हर्ले लेक नजिकै यात्रामै धर्मकुमारी चिरनिद्रामा परेर संसार छाडेको यात्रुहरु बताउँछन । धर्माकुमारीकाे माइत डडेलधुरा हाे ।उनको मृ’त्युको खबरले रुकुम पश्चिम आठविसकाेट नगरपालिका र उनको माइत यतिबेला शाे,कमग्न अवस्थामा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post एका बिहानै आयो दु:खद खबर ! रहेनन हास्य कलाकार सम्भु थापा”बखते”
Next post बल्छी धुर्बेलाइ दोश्रो सन्तानको रुपमा पुत्रलाभ – फोटोमा थिचेर बधाइ दिनुस…