पाँडे सक्किगोनीमा नआउनुको कारण यस्तो : सक्किगोनी छोडेकै हुन त? पूरा पढ्नुस…

काठमाडौ,

चर्चित हास्य टेलि शृङ्खला सक्किगोनी नेपालको नं. एक कमेडी सिरियल हो भन्दा फरक नपर्ला। पाँडे, जिग्री, बले, कक्रोच, खुपिका बाउ, काकु, एदुमे, रक्षा, मुन्नी, सिते बा, जयन्ते, रामभजन, जस्ता सक्किगोनिका पात्रहरुले गर्दा सक्किगोनी यो स्थानमा पुगेको हो।

यसैबीच पछिल्लो केही साता यता शृङ्खला का मुख्य पात्र अर्जुन घिमिरे पाँडेको अनुपस्थित देखिएको छ। पाँडे पात्र नहुदा सिरियल खल्लो भएको भन्दै पाँडेलाइ पनि सिरियलमा ल्याउनुपर्ने दर्शकहरुको माग छ।

युटुबमा आएको प्रतिक्रिया हेर्ने हो भने अधिकांस प्रतिक्रिया पाँडेको नामामा हुन्छन।

आखिर पाँडे किन सिरियलमा देखिएका छैनन त? के पाँडेले सक्किगोनी छोडेका हुन त?
यी तमाम प्रश्न उठिरहेका छन। खासमा अर्जुन घिमिरे अहिले आफ्नो व्याक्तिगत कामामा व्यस्त भएको कारण उनी सिरियलमा देखिन नपाएका हुन। मिडिया हब संगको बिबाद पछि पाँडे जिग्री मिलेर आफ्नै क्रीयसनमा उक्त शृङ्खला सुरुवात गरेका थिए।

तसर्थ पनि पाँडेले सक्किगोनी छोड्ने कुरै हुदैन। पाँडे छ्न र त सक्किगोनी छ अनि सक्किगोनी छ र त पाँडे छन होइन र?
जे होस अबको शृङ्खला मा उहाँलाइ चाँडै देख्न पाइयोस।
साथै उपचाररत उहाँको आमाको शिघ्र स्वास्थ्य लाभको कामना।

 

सक्किगोनि सुरुवात ताकाको समाचार:-

काठमाडौं । हाँस्य टेलिश्रृंखला ‘सक्किगोनी’ मंसिर २५ बाट प्रसारमा आउने भएको छ । नेपाल टेलिभिजनबाट प्रसारण हँुदै आएको श्रृंखला अब भने हिमालय टेलिभिजनबाट प्रसारण हुन लागेको हो । श्रृंखला कोरोनाको कारणले छायाँकन गर्न असम्भव भएपछि बन्द हुन पुगेको थियो ।
पछिल्लो समयमा टेलिभिजन कन्टेन्टमा हिमालय टीभीले गरेको लगानी र प्राथमिकताबाट आफु प्रभावित भएर कार्यक्रम हिमालय टेलिभिजनबाट ल्याउन लागेको निर्देशक कुमार कट्टेलले बताए । उनका अनुसार ‘सक्किगोनी’ मंसिर २५ गतेदेखि हरेक बिहीबार राति ८ बजेबाट प्रसारण हुनेछ ।हिमालय टेलिभिजनको लगानीमा उत्पादन हुने सक्किगोनी श्रृंखलालाई जेपीटी क्रियसनले निर्माण गर्न लागेको हो । ‘सक्किगोनी’को बजारीकरणका लागि एड प्याड प्रालि समेत  अनुबन्धित भएको छ ।

टेलिशृंखलामा कुमार कट्टेल (जिग्री), अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), गोविन्द कोइराला (जइन्ते), हरि निरौला (कक्रोज), रक्षा श्रेष्ठ, दिपक आचार्य, शंकर आचार्य लगायत कलाकारको अभिनय रहँदै आएको छ । श्रृंखलाको निर्देशन कलाकार कुमार कट्टेल र अर्जुन घिमिरेले मिलेर गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post बिस्नु माझिले पहिलो पटक मुख खोलिन – श्रीमानले बन्धक बनाएको बिषयमा यस्तो खुलाशा !
Next post धनगढीमा स्यानिटाइजर पिउँदा केे भयाे ?