मालिंगाले आईपीएल २०२० नखेल्ने

समाचार

१७ भदौ, काठमाडौं । मुम्बई इन्डियन्सका फास्ट बलर लासिथ मालिंगाले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० नखेल्ने भएका छन् । मालिंगाले व्यक्तिगत कारण युएईमा यही सेप्टेम्बरदेखि सुरु हुने आईपीएलको १३औं संस्करणबाट नाम फिर्ता लिएका हुन् ।मालिंगाको स्थानमा मुम्बईले अष्ट्रेलियन फास्ट बलर जेम्स प्याटिनसनलाई टिममा राखेको छ । मालिंगा को बुबा बिरामी रहेको र आउने दिनमा उनको शल्यक्रिया गर्नुपर्ने अवस्था भएकोले मालिंगा श्रीलंकामा आफ्नै बुबाको साथमा रहन चाहेको क्रिकइन्फोले जनाएको छ । मालिंगा आईपीएलकै सर्वाधिक विकेट लिने खेलाडी हुन् । मुम्बई इन्डियन्सका मालिक आकाश अम्बानीले मालिंगा मुम्बई टिमको लेजेण्ड र खम्बा रहेको बताउँदै उनलाई टिमले मिस गर्ने बताएका छन् । तर यस्तो अवस्थामा परिवारसंग मालिंगा रहनुपर्ने विषय मुम्बईले बुझेको पनि अम्बानीको भनाइ छ । मुम्बईमा भारतीय जसप्रित बुमराह र न्यूजिल्याण्डका ट्रेन्ट बोल्ट जस्ता फास्ट बलर छन् ।

आईपीएलको १३ औं संस्करण सेप्टेम्बर १९ देखि युएईमा सुरु हुँदैछ । मालिंगाले गत सिजनको फाइनलमा चेन्नई सुपर किंग्सविरुद्ध अन्तिम ओभरमा उत्कृष्ट बलिङ गर्दै मुम्बईलाई उपाधि जिताउन भूमिका निर्वाह गरेका थिए । अन्तिम ओभरको ५ बलमा ७ रन जोड्दै चेन्नईलाई अन्तिम बलमा जितका लागि २ रन आवश्यक थियो । तर मालिंगाले शार्दुल ठाकुरको विकेट लिँदै मुम्बईलाई १ रनको जित दिलाएका थिए । ट्रिनबागो नाइट राइडर्सले क्यारेबियन प्रिमियर लिग (सीपीएल) २०२० मा अपराजित यात्रा कायम राख्दै लगातार सातौं जित हात पारेको छ । कलिन कनरोको अर्धशतक मद्दतमा ट्रिनबागोले नेपाली क्रिकेट सन्दीप लामिछाने सम्मलित जमैका तल्लावाहजलाई १९ रनले पराजित गरेको हो । सन्दीपले खेलमा १ विकेट लिए । उनले लगातार ७ खेलमा विकेट लिएका हुन् । लगातार ७ जितसहित १४ अंक जोडेको ट्रिनबागो शीर्ष स्थानमा छ ।

ट्रिनबागोले दिएको १८५ रनको लक्ष्य पछ्याएको जमैकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६५ रन मात्र बनाउन सक्यो। आन्द्रे रसेलले अविजित ५० रन बनाए पनि जितसम्म पुर्‍याउन सकेनन् । रसेलले २३ बल खेल्दै ५ चौका र ४ छक्का प्रहार गरे । ट्रिनबागोका लागि फवद अहमदले २ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ट्रिनबागोले कलिन मनरोको अर्धशतक मद्दतमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८४ रन बनाएको थियो । मनरोले ५४ बलमा ६५ रन बनाए । यस्तै कप्तान काएरन पोलार्डले १६ बल खेल्दै १ चौका र ३ छक्का मद्दतमा अविजित ३३ रन बनाए । जमैकाका लागि कार्लोस ब्रेथवेइटले २ विकेट लिए । सन्दिपले ४ ओभरमा २० रन खर्चेर १ विकेट लिए । लगातार सातौं खेलमा विकेट लिएका सन्दिपले ७ खेलमा १० विकेट लिएका छन् र सर्वाधिक विकेट लिनेमा पाँचौ स्थानमा छन् । यस्तै अर्को खेलमा गाएना अमेजन वारियर्सले बार्बेडोस ट्राइडेन्ट्सलाई ८ विकेटले पराजित गर्दै चौथो जित हात पारेको छ । ८ खेलबाट ८ अंक रहेको गाएनाले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । ८ खेलबाट ४ अंक मात्र रहेको साविक विजेता बार्बेडोस भने पाँचौ स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *