धनगढीमा स्यानिटाइजर पिउँदा केे भयाे ?

भाद्र १२, २०७८ शनिबार 59

धनगढीमा स्यानिटाइजर पिउँदा केे भयाे ?

धनगढी : धनगढीमा स्यानिटाइजर पिउँदा एक युवकको मृ’त्यु भएको छ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १२ डी गाउँका टीकाराम बराइली बिकको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले ९ गते स्यानिटाइजर पिएर घरमै बसेका उनको शुक्रबार मृ’त्यु भएको बताए ।

 ‘शुक्रबार अचानक टाउको दुखेपछि उपचारको लागि आफन्तले स्थानीय कालिका जनसेवा क्लिनिक एण्ड डिलासैनी मेडिकल जुगेडामा लगेका थिए,’ उनले भने, ‘औषधि उपचार र स्लाइन चढाएपछि ठिक भएको भन्दै घर लगिएको थियो। घरमा पुगेपछि स्वास्थ्यमा समस्या आएपछि साँझ उपचारका लागि निसर्ग अस्पतालमा ल्याइएको थियो। उपचारकै क्रममा मृ’त्यु भएको हो।’

स्यानिटाइजर के कारणले सेवन गरे भन्नेबारे खुलेको छैन।

प्रतिकृया दिनुहोस्