एमालेको अभिलेखबाट माधव नेपालको नाम हटाइने

काठमाडौं । पूर्ववरिष्ठ नेता माधवकुमार नेपालको नाम नेकपा एमालेको अभिलेखबाट हटाइने भएको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशनमा नेपालसहित पार्टी विभाजनमा संलग्न भएकाहरुको नाम हटाउन निर्देशन दिइएको छ ।

‘विभाजनकारी गतिविधिमा संलग्न भई अलग दल दर्ताका लागि उपस्थित भएर सनाखत गर्ने पार्टीका केन्द्रीय कमिटीका सदस्य र मातहतका सदस्यलाई निष्काशन गर्दै निजहरूको नाम पार्टीको अभिलेखबाट हटाउने,’ अपानिमा उल्लेख छ ।

नेपालसहितका केही दर्जन नेताहरुले गत साता एमालेबाट बाहिरिएर नेकपा (एस) गठन गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post दु:खद खबर, बिष्णु माझिका आमाबुबाकै नि’धन ! यस्तो छ मृ’त्युको कारण: सेयर गर्न नछुटाउनुहोला।
Next post छानबिन समितिले दार्चुला घटना बारे यस्तो निकाल्यो निष्कर्ष