दु:खद खबर: अन्ततः कलाकार निशा घिमिरेको नि’धन ! जानकारीको लागि सेयर गर्नुहोला।

भाद्र १६, २०७८ बुधबार 57

दु:खद खबर: अन्ततः कलाकार निशा घिमिरेको नि’धन ! जानकारीको लागि सेयर गर्नुहोला।

१६ भदौ, काठमाडौं ।

 

नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको मृ’त्यु भएको छ ।

उनको उपचारका क्रममा बुधबार साँझ ६ः५१ बजे मृ’त्यु भएको अस्पतालले विज्ञप्तिमार्फत जनकारी दिएको छ ।

‘अस्पतालको सीसीयूमा लगातार राखी उपचार गरिएको र नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको नि’धन हुन पुगेकोमा हामी अत्यन्त दुःखी भएका छौं’ नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले भनेका छन् ।

 

दु’र्घ’टना घाइते भएकी निशालाई ग’म्भीर अवस्थामा घरमै रहेका बेला नर्भिक अस्पतालले २०७८ जेठ २७ गते उद्धार गरेको थियो । उद्धार गरी अस्पतालले निःशुल्क उपचार थालेको थियो ।

लगातारको उपचारपछि पनि उनको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको थिएन । उनलाई लगातार अक्सिजनको सपोर्ट दिएर सीसीयूमा राखिएको थियो ।
खाना पनि पाइपबाट खुवाउने गरिएको थियो भने उनका शरीरमा रहेका घाउहरु समेत लामो समयसम्म पुरिन सकेका थिएनन् ।

ग’म्भीर अवस्थामै रहेकी घिमिरेको मुटु र मृगौलाले काम गर्न छाडेपछि बुधबार बिहानदेखि अवस्था गम्भीर बन्न पुगेको थियो ।

प्रतिकृया दिनुहोस्