आफु र आफ्नो पार्टी जहिल्यै सत्य र न्यायकाे पक्षमा बाेल्छ: तिमिल्सैना

माधव तिमिल्सैना
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी जिल्ला सङ्गठन समिती अछामले सञ्चालन गरेको सुदृढ जनसम्बन्ध तथा सङ्गठन बिस्तार अभियान अन्तरर्गत जिल्लाको पन्चदेवल बिनायक नगरपालिकाको नगर कमिटीकाे पहिलो पुर्ण बैठक बिनायक बजारमा सम्पन्न भएको छ ।

पार्टीका एरिया सचीव एम.बि.चलाउनेको अध्यक्षतामा बसेको बैठकका प्रमुख अतिथि पार्टी जिल्ला सचीव तपेन्द्र तिमिल्सैना रहनुभएकाे थियो । प्रमुख अतिथिकाे आसनबाट बाेल्दै तिमिल्सैनाले आफु र आफ्नो पार्टीले जहिल्यै सत्य र न्यायकाे पक्षमा बाेलिरहेकाे बताउनु भयाे ।

बैठकमा जिल्ला सचिव लोकेन्द्र शाही ,जिल्ला सचिवालय सदस्य तथा आर्थिक बिभाग प्रमुख निरक शाहि, रामारोशन गाउँ पालिका इन्चार्ज बिज्ञान, जनस्वयमसेबक उदय कसेरा, अखिल नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका जिल्ला सदस्य बखत शाहि , जनपत्रकार सङ्गठन अछामका जिल्ला उपाध्यक्ष सुरेश रावत लगायत पार्टीमा आस्थवान नेताकार्यकर्ताको उपस्थिति रहेको थियो ।

उक्त बैठकले विभिन्न निर्णय पनि गरेको छ । जसमा नेपाल कम्युनिस्ट पार्टीले अगाडी सारेकाे कार्यनिति,प्रगतिशील संयुक्त सरकार र बैज्ञानिक समाजबाद क्रान्तिकारी कार्यभार व्यापक रुपमा प्रचार प्रसार गर्ने,अन्तरक्रिया तथा बहस गर्ने, नगरपालिकामा भएको अनियमितता भ्रष्टाचार बेरुजुको बिषयमा सशक्त आन्दोलन गर्ने र अभियान लाई निरन्तरता दिने जस्ता महत्वपुर्ण निर्णय रहेका छन् । यस्तै

पार्टीको पछिल्लो कार्यनितिको मर्म र स्पिडलाइ आत्मसात गर्दै भ्रष्टाचार,कालोबजारी,तस्करी लागुऔषध सेवन तथा बिक्रीवितरण र उत्पादन, यौन ब्यभिचार र लघुबित्तिय सस्थाको ब्रहमलुटको बिरुद्द केन्द्रीत गर्ने लगायतका निर्णय गरेको छ ।

साथै सज्जन धामी चट्टान इन्चार्ज र एम बि चलाउने सङ्गम सचिव रहने गरी आजै उक्त बैठकले १३ सदस्यीय नगर कमिटी समेत विस्तार गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post घरको ऋण तिर्न माधव कतारमा, न घर रह्यो न परिवार
Next post एमसीसी राष्ट्रघाती सम्झौता होइन भने मलाई गिरफ्तार गर्नुस् : भीम रावल