एमसीसी राष्ट्रघाती सम्झौता होइन भने मलाई गिरफ्तार गर्नुस् : भीम रावल

काठमाडौं,भदौ १९- नेकपा (एमाले)का उपाध्यक्ष भिम रावलले राजनीतिक अस्थिरताको मौका छोपेर एमसीसी अनुमोदन गर्ने षड्यन्त्र भइरहेको बताएका छन् ।

शनिबार काठमाडौंमा अछाम जिल्लाका एमाले नेता तथा कार्यकर्ताहरुको छलफल कार्यक्रममा बोल्दै उपाध्यक्ष रावलले यस्तो बताएका हुन् ।

एमसीसी सम्झौतालाई अस्थिर राजनीति भएको बेलामा अघि सारियो त्यसरी नै अहिले राजनीतिक अस्थिरता भएको बेलामा संसदबाट अनुमोदन गर्ने षड्यन्त्र भइरहेको उनको भनाइ छ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको उपाध्यक्षलाई नेपाल बोलाएर नेताहरुको घर घरमा पुर्याउन लागेको उनको भनाइ छ ।

एमसीसी सम्झौता असमान भएको र सार्वभौमिक समानताको सिद्धान्त अनुरुप नभएको उनको भनाइ छ । एमसीसीको कतिपय प्रावधानहरुले नेपालको आत्मनिर्णयको अधिकार र स्वाधिनतामाथि हमला गर्ने उनको तर्क छ ।

प्रधानमन्त्री देउवाले एमसीसी सम्झौताको विरोध गरे जेल चलान गर्ने भनि सुचना गरेको भन्ने आरोप लगाउँदै उनले एमसीसीलाई राष्ट्रघाती भनेको आधारमा आफूलाई पक्राउ गर्न चुनौती दिए ।

सरकार गठन भएको ५० दिन बितिसक्दा पनि मन्त्रिपरिषद् बिस्तार हुन नसक्नु वर्तमान सरकारको अयोग्यता र भागबन्डाको राजनीतिको विकृतिको नमुना भएको उनको भनाइ छ ।

अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गरेर भारतीय हेलिकप्टर दार्चुलामा उडिरहेको विषयमा सरकार मौन बसेको रावलको आरोप छ । राष्ट्रको सार्वभौमसत्ता, क्षेत्रिय अखण्डतामाथि भारतले धावा बोल्दापनि सरकार चुप लागको भन्दै उनले वर्तमान सरकारलाई एक मिनेट पनि कुर्सिमा बस्ने अधिकार नभएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post आफु र आफ्नो पार्टी जहिल्यै सत्य र न्यायकाे पक्षमा बाेल्छ: तिमिल्सैना
Next post अछाममा ८० बर्षिय बृद्ध बने काङ्ग्रेसको वाडा सभापती !