पञ्चदेवल सरकार विरूद्व युवा सङ्गठन अछामले थाल्यो विरोध प्रदर्शन

माधव तिमिल्सैना,
काठमाडौं : युवा सङ्गठन नेपालको केन्द्रिय कार्यक्रम अन्तर्गत युवा सङ्गठन अछामले पञ्चदेवल सरकार विरूद्व विरोध प्रदर्शन गरेको छ ।

महालेखा परिक्षक २०७८ काे प्रतिवेदनमा पञ्चदेवल सरकारकाे बेरूजु बढी भएको, नगरमा अनियमितता तथा भ्रष्टाचार बढेको भन्दै युवा सङ्गठन अछाम त्यसको विरोधमा उत्रिएको हाे ।

प्रदर्शनका क्रममा महालेखाकाे प्रतिवेदन २०७८ काे सत्य तथ्य सार्वजनिक गर! दलाल भ्रष्टाचारीलाई सामाजिक बहिष्कार गर! दलाल भ्रष्टाचारी हाेसियार! युवा संगठन नेपाल जिन्दावाद लगायतका नारा लगाईएकाे थियोे । विरोध प्रदर्शन पञ्चदेवल मन्दिरबाट सुरु भई न्यु राेड हुदै नगरपालिकाकाे गेटमा काेण सभामा परिणत भएको थियोे ।

काेणसभालाई सम्बाेधन गर्दै प्रमुख वक्ता जीवनले महालेखा परिक्षक २०७८ ले निकालेको बेरुजु, अनियमितता तथा भ्रष्टाचारकाे विषयमा यथासिघ्र सत्य तथ्य छानबिन गर्न माग गर्नुभएको थियो । उहाँले यदि यस विषयमा नगर पछाडि सरेमा यसकाे नतिजा राम्रो नहुने चेतावनी दिनुभयाे ।

यस्तै उहाँले नगरका सम्पुर्ण कामकारबाहीलाइ जनमुखी र प्रभाबकारी ढङ्गबाट सञ्चालन नगरेकाे खण्डमा कडा कदम चाल्ने चेतावनी दिनुभयो । विराेध प्रदर्शनमा संगठनमा आवत्द्व पदाधिकारीकाे उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post एमसीसी सम्बन्धी सबै कार्यक्रम बन्द नगरिए परिणाम भयावह हुने नेकपाको चेतावनी
Next post फेरि आयो अत्यन्त दु:खद खबर:- मलेसियामा ३५ नेपालिको मृ’त्यु । सेयर गर्नुहोला…