१४ बर्षिया बालिकाको दुई दिनसम्म सामुहिक बला-त्कार: १६ जना अभियुक्त पक्राउ।

एजेन्सी,

महाराष्ट्रको पुणेमा एक १४ वर्षीया बालिकाको दुइदिनसम्म सामूहिक बला’त्कार भएको छ। यस घ’ट’नामा प्रहरीले १६ जना अभियु’क्तहरुलाई प’क्राउ गरेको छ। बालिकामाथि अगस्ट ३१ र सेप्टेम्बर १का दिन बला’त्कार भएको हो।

यसअघि पुलिसले यस मामिलामा ८ जनालाई गिर’फ्तार गरेको थियो। बिहीबार थप ५ जनालाई गिरफ्तार गरिएको छ। घट’नामा पुलिसले एक लजमा काम गर्ने दुईजनासहित किशोरीको एक साथीलाई पनि गिरफ्’तार गरेको छ।

पुलिसका अनुसार अगस्त ३१ मा यो १४ वर्षीया केटी आफ्नो साथीलाई भेट्न पुणे रेलवे स्टेशन पुगेकी थिइन्। तर उसको साथी त्यहाँ आएनन्। यसैबीच, एक अटो रिक्शा चालकले ती युवतीलाई उसलाई घर छोड्ने बताए। किशोरी रिकशामा बसिन्। उनलार्ई अज्ञात ठाउँमा लगियो।

यस पछि अटो चालकले आफ्ना साथीहरुलाई बोलाएर दुई दिनसम्म ती बालिकालाई विभिन्न ठाउँमा लगी बला’त्कार गरेका थिए। पछि उनी युवतीलाई मुम्बईको एउटा बसमा चढाइदिएका थिए।

म्बई पुलिसकी डिप्युटी कमिश्नर नर्मदा पाटिलले एक पत्रकार सम्मेलनमा भनिन्, “बालिकाका बुबाले वानवाडी पुलिस स्टेशनमा बेपत्ता भएको रिपोर्ट दर्ता गराएका थिए। पुलिसले ती युवतीको खोजी गरी उनको बयान रेकर्ड गरेको छ। बयानको आधारमा आइतबार आठ जना अभियु’क्तहरु प’क्राउ परेका थिए। अदालतले अभियुक्तलाई १० दिनको प्रहरी हिरासतमा राख्ने अनुमति दिएको छ।’

हाल पीडितको उपचार भइरहेको छ र उनको अवस्था स्थिर रहेको बताइएको छ। प्रहरी यस विषयमा थप अनुसन्धानमा जुटेको छ। अभियुक्तको पहिचान गर्ने काम भैरहेको छ। पीडित युवतीले कुनै आरोपीलाई नचिन्ने बताएकी छिन्। आरोपीहरु मध्ये केहि अटो रिक्शा चालकहरु छन् जबकि दुईजना रेलवे कर्मचारीहरु भएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post फेरि आयो अत्यन्त दु:खद खबर:- मलेसियामा ३५ नेपालिको मृ’त्यु । सेयर गर्नुहोला…
Next post पोखरामा देखा पर्यो घातक पुतली : उपचारमा ढिलाइ गरे आँखाको ज्योती गुम्ने !