स्तनबारे केही तथ्य जो तपाईंलाई थाहा नहुन सक्छ

एजेन्सी । मानिसको जन्मसँगै स्तनको नाता गहिरो गरी जोडिएको हुन्छ । आमाको स्तनपान मानिसको पहिलो बाँच्ने आधार हो । र त त्यसलाई अमृतपान भनिन्छ । यस बारेमा तपाईंले के कति जानकार हुनुहुन्छ ? आउनुहोस् यसबारे चर्चा गरौं ।
वक्षस्थलको विकास शरीरमा एस्ट्रोजोन नामका सेक्स हर्मोन र ग्रोथ हर्मोनका कारण हुन्छ । छाती वास्तवमा धेरै प्रकारका जटिल ग्रन्थीहरु र बोसोयुक्त कोषहरु मिलेर बनेको हुन्छ । यसको औसत तौल करीब आधा किलोसम्म हुन्छ । शरीरको कूल फ्याटमा ४ देखि ५ प्रतिशत स्तनमा नै पाइन्छ ।

वक्षस्थलका ग्रन्थीसँग धेरै प्रकारका हर्मोनहरु र तरल तत्वहरुको मात्रा हुन्छ । जस्तै कोलोस्ट्रोम र दुध । मानिसको दुध गाईको दुधभन्दा मिठो हुन्छ । पँहेलो र च्यापच्याप लाग्ने पर्दाथ कोलोस्ट्रम हो । यो बालबालिकाको जन्मसँगै निस्किन्छ र नवजात शिशुका लागि यो नै सर्वोत्तम आहार बन्छ ।

चीनमा खुल्लारुपमा ‘ब्रा स्टडी’ को पढाई हुन्छ । यसमा डिग्रीसम्म गर्न सकिन्छ । हङकङ पोलिटेक्निकल युनिभर्सिटीमा एक विभाग पुरै नै यसको ल्याब छ । ब्रा निर्माता कम्पनी टप फर्मद्वारा स्थापित यो ल्याबमा ब्रासँग सम्बन्धी अनुसन्धान र विकासको कार्यक्रम सञ्चालन हुन्छ ।

धेरैजसो महिलाहरुको दुबै स्तनको आकार समान हुन्न । जसरी एउटा हात अर्को हातको तुलनामा ठूलो सानो हुन्छ त्यसरी नै स्तनको आकार पनि समान हुन्न ।

चुरोटको केही रसाइन छाला र खासगरि स्तनमा पाइने प्रोटिन इलास्टिनलाई नष्ट गर्दछ । यसका कारण ध्रुमपान गर्नेको स्तन धुम्रपान नगर्नेको तुलनामा खुकुलो पाइने बताइएको छ । इलास्टिनका कारण नै छालामा लचिलोपन आउने बताइन्छ ।

सबैभन्दा ठूलो प्राकृतिक स्तनहरुको रेकर्ड पनि गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता भएको छ । जनवरी १, १९९१मा गरिएको यो रेकर्ड अमेरिकी महिला हाकिन्स टर्नरको हो । उनको स्तनको साइज ७० इन्च नापिएको थियो । त्यसो त औसत महिलाको स्तनको साइज ३४ देखि ३६ इन्च हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post एमसीसीबारे काँग्रेस-एमाले नेताका यस्ता तर्क
Next post यस्तो छ एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, मासिक भाडा ३ लाख २५ हजार