समाचार

तुर्माखाँद गाउँपालिकामा कबिराम बयकको टिम अत्याधिक बहुमतले बिजय !

तुर्माखाँद गाउँपालिकामा कबिराम बयकको टिम अत्याधिक बहुमतले बिजय !

Posted in समाचार
अछाम नेपाली काङ्ग्रेस तुर्माखाद गाउँ कार्यसमितिको दोस्रो अधिबेशन सम्पन्न भएको छ । आज तुर्माखाँदमा भएको गाउँ कार्यसमितिको निर्वाचनमा सबैभन्दा बढी मत ल्याएर काङ्ग्रेस नेता कबिराम वयक निर्वाचित भएका छन् । तुर्माखाद गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष समेत रहेका नेता बयकले ११२ मत ल्याएर आफ्ना प्रतिद्वन्दी लाई चुनौती दिदै  बिजयी भएका छन् । उनका प्रतिद्वन्दी टेकबहादुर बयकले २ मतले ल्याएका छन् भने अर्का प्रतिद्वन्दी दिल बहादुर बयकले १३ मत ल्याएर पराजित भएकाछन । त्यस्तै उपसभापति पदमा  १०५ मत उपेन्द्र रावल त १०८ मत ल्याएर उपेन्द्र बिसि निर्वाचित भएका हुन । त्यस्तै सचिव पदमा प्रताप बहादुर शाहीले १०३ र बिरेन्द्र धमाला ९६ मत ल्याएर बिजयी भएका छन भने सहसचिवमा भिम बहादुर शाही र हिमाल शाही निरबिरोध निर्वाचित भएका हुन् ।
कक्षा १२ को नतिजा तिहारपछि प्रकाशित हुने

कक्षा १२ को नतिजा तिहारपछि प्रकाशित हुने

Posted in समाचार
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा तिहारपछि प्रकाशित गर्ने तयारी गरेको छ। बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले तिहारपछि नतिजा प्रकाशित गर्ने योजनासहित उत्तरपुस्तिका परीक्षणको काम सुरु गरेको जानकारी दिए। कोभिड-१९ ले रोकिएको परीक्षा गत भदौ ३० गतेदेखि सुरु भई गत शुक्रबार सकिएको थियो। ‘उत्तरपुस्तिका परीक्षण सुरु भएको छ,’ अध्यक्ष पौडेलले भने, ‘तिहार पछाडि नतिजा प्रकाशित गर्ने हाम्रो लक्ष्य छ।’ उनका अनुसार सम्भवतस् सबै उत्तरपुस्तिका जाँच गर्ने काम सकिएमा कात्तिक महिनाभित्रै नतिजा प्रकाशित गरिनेछ। करिब ४ लाख विद्यार्थीले कक्षा १२को परीक्षा दिएका छन्। बोर्डले परीक्षा भौतिक उपस्थितिमै सञ्चालन गरेको थियो।
अमेरिकी राष्ट्रपति बाइडेनले आयोजना गरेको सम्मेलनलाई प्रधानमन्त्री देउवाको सम्बोधन (भिडियो)

अमेरिकी राष्ट्रपति बाइडेनले आयोजना गरेको सम्मेलनलाई प्रधानमन्त्री देउवाको सम्बोधन (भिडियो)

Posted in राष्ट्र, समाचार
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुरद देउवाले अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको सम्मेलनलाई सम्बोधन गरेका छन् । गएराति आयोजित सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपालले सन् २०२१ को अप्रिलसम्म ८० प्रतिशत नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाइसक्ने बताएका छन् । देउवाले कोभिड–१९ महामारी नियन्त्रण गर्न सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । राष्ट्रपति बाइडेनले राष्ट्रसंघीय महासभाको पूर्वसन्ध्यामा आयोजना गरेको सो भर्चुअल सम्मेलनमा विभिन्न देशका नेताहरुले सम्बोधन गरेका थिए । शनिबार आयोजना हुने राष्ट्रसंघीय महासभाको ७६औँ सत्रलाई १९३ देशका सरकार प्रमुख र राष्ट्र प्रमुखहरुले सम्बोधन गर्दै छन् ।
वामदेव गौतमले पार्टीको उपाध्यक्षसहित सवै जिम्मेवारीबाट दिएको राजीनामा अस्वीकृत

वामदेव गौतमले पार्टीको उपाध्यक्षसहित सवै जिम्मेवारीबाट दिएको राजीनामा अस्वीकृत

Posted in राजनीति, समाचार
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीको उपाध्यक्षसहित सवै जिम्मेवारीबाट दिएको राजीनामा अस्वीकृत भएको छ । नेता गौतमले गत भदौ १८ गते पार्टीका सवै जिम्मेवारीबाट राजीनामा घोषणा गर्दै एमाले केन्द्रीय कार्यालय पुगेर आफ्नो राजीनामा पत्र बुझाएका थिए । गौतमले राजीनामा दिएको तीन साता बितिसक्दा पनि एमालेले उनको राजीनामा स्वीकृत गरेन । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले गौतमको राजीनामा स्वीकृत नभएको बताए । ‘उहाँको राजीनामा स्वीकृत भएको छैन, स्वीकृत नभएकाले उहाँको नामसहित हामीले निर्वाचन आयोगमा अपडेट पठाएका छौ’, तामाङले भने । राजीनामा दिएपछि पनि गौतमको नाम अपडेट गरेर निर्वाचन आयोग पठाएकाले राजीनामा अस्वीकृत भएको बुझ्नुपर्ने एमालेका एक स्थायी समिति सदस्यले बताए । ‘स्वीकृत नभएपछि अस्वीकृत भयो भनेर बुझ्नुपर्छ । अब उहाँले कि अर्को पार्टीमा लागेको घोषणा गर्नुपर्यो त्यो अवस्था पनि होइ
सुर्खेतको सिम्तामा बस दुर्घटना, १२ जना घाइते

सुर्खेतको सिम्तामा बस दुर्घटना, १२ जना घाइते

Posted in समाचार
सुर्खेत । सिम्ता गाउँपालिका–४ बजेडी चौरमा बस दुर्घटनामा परी १२ जना घाइते भएका छन्। सिम्ताको देउली बजारबाट जामुने आउँदै गर्दा बुधबार बिहान करिब साढे १० बजे बस दुर्घटना भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ना ७ ख ६०६३ नम्बरको बस ब्रेक फेल भई सडकबाट करिब १५ मिटर तल खसेको छ। बसमा सवार २४ जना यात्रुमध्ये १२ जना घाइते भएको प्रहरी निरीक्षक नन्दराम जैशीले जनाकारी दिए। प्रहरी निरीक्षक जैशीको कमाण्डमा खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी स्थानीय मेहलकुना अस्पतलामा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइते सबैको अवस्था सामान्य छ।
पेट्रोल छर्केर वडा कार्यालयमा आगजनी

पेट्रोल छर्केर वडा कार्यालयमा आगजनी

Posted in समाचार
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं।–१ का वडा अध्यक्ष गंगाराम सुनार एउटा विशेष कार्यक्रमका लागि राजधानी कै एक होटलमा सहभागी थिए । बुधबार बिहानैदेखि कार्यक्रममा सरिक भएका उनलाई १० स् १५ तिर वडा कार्यालयकै लेन्डलाइन नम्बरबाट फोन आयो । उनले फोन रिसिभ गरे । फोन रिसिभ हुनेबित्तिकै उनलाई तपाईं कार्यकक्षमा हुनुहुन्न् कता हुनुहुन्छ रु अहिले सम्म कार्यलयमा नआउने हो रु भनेर धम्की दिन थाले । वडाअध्यक्षले केही काम परे कार्यवाहक अध्यक्ष आउनुहुन्छ बस्दै गर्नुस् न म वडाकै कार्यक्रमका लागि यता होटेलमा छु भनेर जवाफ दिएर फोन राखे । उनले फेरि वडाअध्यक्षलाई फोन गरेर तपाइँ आउनुहुन्छ की वडा कार्यालय जलाइदिम रु भनेर धम्की दिए । त्यसपछि अध्यक्ष सुनारले वडा कार्यालयका कर्मचारीलाई फोन गरेर उनको काम गरिदिन निर्देशन दिए । ‘यसको झण्डै १० मिनेटपछि वडा कार्यालयमा आगजनी भयो भन्ने खबर आयो’ वडाअध्यक्ष स
विप्लवले अहिलेको व्यवस्थाबारे जनमतसंग्रहका लागि अभियान सञ्चालन गर्ने

विप्लवले अहिलेको व्यवस्थाबारे जनमतसंग्रहका लागि अभियान सञ्चालन गर्ने

Posted in समाचार
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव समूहको केन्द्रीय समिति बैठकले आगामी फागुनमा नवौं महाधिवेशन गर्ने निर्णय गरेको छ । तनहुँको बन्दीपुरमा बसेको सो समूहको केन्द्रीय समितिको ११ औं बैठकले जनयुद्ध दिवसको अवसर पारेर आगामी फागुनमा नवौं महाधिवेशन गर्ने निर्णय गरेको हो । महाधिवेशन अघि मंसिर ८ गते काठमाडौंमा सभा तथा प्रदर्शन गर्ने निर्णय पनि बैठकले गरेको छ । अहिलेको शासन प्रणाली असफल भएको निष्कर्षमा पुगेको विप्लव समूहले सबै देशभक्त, प्रगतिशील र कम्युनिस्ट शक्तिहरूलाई मोर्चाबद्ध तथा एकताबद्ध गर्दै जनमतसंग्रहका लागि अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ । उसले अमेरिकी सहयोग परियोजना एमसीसी विरोधी सबै शक्तिहरूसँग सहकार्य गर्ने जनाएको छ । देशव्यापी संगठन विस्तार गर्ने र राष्ट्रियता, जनजीविका, भ्रष्टाचार लगायतका मुद्दामा संघर्ष गर्ने निर्णय पनि विप्लव समूहको केन्द्रीय समितिले गरेको छ ।
गुल्मीमा पहिरोमा पुरिएर एकै घरका ३ जनाको मृ’त्यु

गुल्मीमा पहिरोमा पुरिएर एकै घरका ३ जनाको मृ’त्यु

Posted in समाचार
गुल्मी । गुल्मीमा मंगलबार राति अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर एकै घरका तीन जनाको मृ'त्यु भएको छ । रेसुङ्गा नगरपालिका वडानम्बर-८ खानिगाउँ थुम्का लाइन बस्ने २१ वर्षकी भावना परियार, १४ वर्षकी गंगा परियार र १४ वर्षकी जमुना परियारको मृ'त्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए । माथिबाट आएको पहिरोले एक तले पक्की घर पुरिएपछि बीचको कोठामा सुतेका तीन बहिनीको मृ'त्यु भएको डीएसपी पाण्डेले बताए । तिलक परियारको घरमा ६ जनाको परिवार थियो । जसमध्ये ३ जना छोरीको मृ'त्यु भएको र तिलक, उनकी श्रीमती र एक छोरी भने सकुशल रहेको प्रहरीले जनाएको छ । स्थानीयवासी, नेपाली सेना र नेपाल प्रहरीको सहयोगमा तीन जनाकै शव बिहान साढे ४ बजे निकाली गुल्मी अस्पताल तम्घास पठाइएको प्रहरीले जनाएको छ । राति करिब दुई बजे पहिरोले तीन जना पुरिएको खबर पाएपछि ज
मेयरलाई मुक्का हान्ने युवकविरुद्ध एमालेले मुद्दा नचलाउने

मेयरलाई मुक्का हान्ने युवकविरुद्ध एमालेले मुद्दा नचलाउने

Posted in समाचार
काठमाडौं: नेकपा एमालेले बुटवलका मेयर शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने अनेरास्ववियुका सदस्य गणेश पंगेनीविरूद्ध मुद्दा नचलाउने भएको छ। मंगलबार पत्रकार सम्मेलन गर्दै नेकपा एमाले बुटवलले घटना दुखद र गलत भएको बताउँदै मुद्दा चलाउने पक्षमा एमाले नरहेको बताएको हो। पहिरो निरीक्षणका लागि बुटवल–३ ज्योतिनगरमा गएका नगरप्रमुख सुवेदीलाई सोमबार पङ्गेनीले मुक्का प्रहार गरेका थिए। पंगेनिलाई साँझ  ७ बजे नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।
२४ घन्टामा थपिए १३३० संक्रमित, १८३० जना निको

२४ घन्टामा थपिए १३३० संक्रमित, १८३० जना निको

Posted in समाचार
  काठमाडौँ । नेपालमा २४ घन्टाको अवधिमा १ हजार ३३० जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा देशभर ९ हजार ६२६ आरटी पिसिआर र ३ हजार ९९६ एन्टिजेन गरी कुल १३ हजार ६२२ जनामा परीक्षण गरिएकोमा १ हजार ३३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर २१ हजार ५२४ जना संक्रिय संक्रमित छन् । संक्रमितहरूमध्ये २० हजार १६४ जना होम आइसोलेसनमा, १ हजार ३६० संस्थागत आइसोलेसनमा र २५० जना क्वारेन्टिनमा रहेका छन् । यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ३३५ जना र भेन्टिलेटरमा १०७ जना उपचाररत छन् । मन्त्रालयकाअनुसार मंगलबार देशभरबाट १ हजार ८३० जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ७ लाख ५४ हजार पुगेको छ । निको हुने दर ९५।९ प्रतिशत छ । पछिल्लो २४ घन्टाको अवधिमा