Day: September 4, 2021

एमसीसी राष्ट्रघाती सम्झौता होइन भने मलाई गिरफ्तार गर्नुस् : भीम रावल

एमसीसी राष्ट्रघाती सम्झौता होइन भने मलाई गिरफ्तार गर्नुस् : भीम रावल

Posted in समाचार
काठमाडौं,भदौ १९- नेकपा (एमाले)का उपाध्यक्ष भिम रावलले राजनीतिक अस्थिरताको मौका छोपेर एमसीसी अनुमोदन गर्ने षड्यन्त्र भइरहेको बताएका छन् । शनिबार काठमाडौंमा अछाम जिल्लाका एमाले नेता तथा कार्यकर्ताहरुको छलफल कार्यक्रममा बोल्दै उपाध्यक्ष रावलले यस्तो बताएका हुन् । एमसीसी सम्झौतालाई अस्थिर राजनीति भएको बेलामा अघि सारियो त्यसरी नै अहिले राजनीतिक अस्थिरता भएको बेलामा संसदबाट अनुमोदन गर्ने षड्यन्त्र भइरहेको उनको भनाइ छ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको उपाध्यक्षलाई नेपाल बोलाएर नेताहरुको घर घरमा पुर्याउन लागेको उनको भनाइ छ । एमसीसी सम्झौता असमान भएको र सार्वभौमिक समानताको सिद्धान्त अनुरुप नभएको उनको भनाइ छ । एमसीसीको कतिपय प्रावधानहरुले नेपालको आत्मनिर्णयको अधिकार र स्वाधिनतामाथि हमला गर्ने उनको तर्क छ । प्रधानमन्त्री देउवाले एमसीसी सम्झौताको विरोध गरे जेल चलान गर्ने भनि सुचना ग
आफु र आफ्नो पार्टी जहिल्यै सत्य र न्यायकाे पक्षमा बाेल्छ: तिमिल्सैना

आफु र आफ्नो पार्टी जहिल्यै सत्य र न्यायकाे पक्षमा बाेल्छ: तिमिल्सैना

Posted in समाचार
माधव तिमिल्सैना काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी जिल्ला सङ्गठन समिती अछामले सञ्चालन गरेको सुदृढ जनसम्बन्ध तथा सङ्गठन बिस्तार अभियान अन्तरर्गत जिल्लाको पन्चदेवल बिनायक नगरपालिकाको नगर कमिटीकाे पहिलो पुर्ण बैठक बिनायक बजारमा सम्पन्न भएको छ । पार्टीका एरिया सचीव एम.बि.चलाउनेको अध्यक्षतामा बसेको बैठकका प्रमुख अतिथि पार्टी जिल्ला सचीव तपेन्द्र तिमिल्सैना रहनुभएकाे थियो । प्रमुख अतिथिकाे आसनबाट बाेल्दै तिमिल्सैनाले आफु र आफ्नो पार्टीले जहिल्यै सत्य र न्यायकाे पक्षमा बाेलिरहेकाे बताउनु भयाे । बैठकमा जिल्ला सचिव लोकेन्द्र शाही ,जिल्ला सचिवालय सदस्य तथा आर्थिक बिभाग प्रमुख निरक शाहि, रामारोशन गाउँ पालिका इन्चार्ज बिज्ञान, जनस्वयमसेबक उदय कसेरा, अखिल नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका जिल्ला सदस्य बखत शाहि , जनपत्रकार सङ्गठन अछामका जिल्ला उपाध्यक्ष सुरेश रावत लगायत पार्टीमा आस्थवान नेताकार्यकर