प्रदेश सरकारका योजनाहरु प्रभावकारी र नतिजामुखी छन्

प्रदेश सरकारका योजनाहरु प्रभावकारी र नतिजामुखी छन्

Posted in समाचार
वाग्मती, १४ साउन : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले सञ्चालन गरेका तथा प्रदेशको बजेटबाट सञ्चालन भएका योजना प्रभावकारी एवं नतिजामुखी भएको बताउनुभएको छ ।उत्तरी मकवानपुरको थाहा नगरपालिकाका विभिन्न योजना अनुगमन गर्दै मुख्यमन्त्री पौडेलले थाहानगरमा समेत प्रदेश सरकारको योजना अनुरुप नै कार्य सञ्चालन भएको पाइएको भन्दै खुशी व्यक्त गर्नुभयो । प्रदेश प्रमुख विष्णु प्रसार्इंसहित थाहा पुग्नुभएका पौडेलले थाहानगरका थाहा स्मारक पार्क, शीतभण्डार, बसपार्क, आँखा उपचार केन्द्र लगायतको अवलोकन गर्नुभएको थियो । अवलोकनका क्रममा उहाँले थाहानगर पर्यटकीय नगर भएकाले पर्यटन प्रवद्र्धनका लागि थाहा स्मारक उद्यानले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले पर्यटन प्रवद्र्धनमा नगरपालिकाले प्रभावकारी योजना सञ्चालन गरेको र यसलाई पूर्णता दिन आफ्ना तर्फबाट सहयोग हुने भन्दै उद्यान परिसरमा सञ्चाल
दुई वर्षअघि पारसले दिलाएको त्यो खुसी

दुई वर्षअघि पारसले दिलाएको त्यो खुसी

Posted in खेलकूद
दुई वर्षअघि आजकै दिन नेपालले नेदरल्याण्डससँग पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय सिरिजको दोस्रो तथा अन्तिम खेल खेल्दै थियो।पहिलो खेलमा पराजित भएपछि नेपालले डेब्यू एकदिवसीय खेलमा जित हात पार्ने अवसर गुमाएको थियो।नेदरल्याण्डसमा भएको दोस्रो खेलमा जित हात पारे नेपाललाई पहिलो पटक एकदिवसीय हात पारेर इतिहास बनाउने मौका थियो।टस जितेर पहिलो ब्याटिङ गरेको नेपाल ४८.५ ओभरमा २१६ रनमै अलआउट भयो। नेपालका लागि सोमपाल कामीले सर्वाधिक ६१ रन बनाए। कप्तानको भूमिकामा रहेका पारस खड्काले पनि अर्धसतक (५१ रन) प्रहार गरेका थिए।२ सय १७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले खेललाई अन्तिम बलसम्म लम्बाउँदा खेल रोमाञ्चक मोडमा पुगेको थियो।खेलको अन्तिम बलमा नेदरल्याण्डसलाई जितका लागि २ रन चाहिएको थियो। अन्तिम ओभरमा बलिङ गरेका पारसले फालेको अन्तिम बलमा नेदरल्याण्डसका फ्रेड्रिक ज्याक क्लासनले प्रहार गरेको स्ट्रेट ड्राइभ अर्कोत
अन्योलमा पोखराका पर्यटन व्यवसायी

अन्योलमा पोखराका पर्यटन व्यवसायी

Posted in समाज
पोखरा, साउन २३ । सरकारले बन्दाबन्दी खुला गरेसँगै साउन १५ देखि सञ्चालनमा आएका पोखरा लेकसाइडका होटल व्यवसायीमा यतिबेला अन्योल छाएको छ ।पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा र सरकारको स्पष्ट कार्यविधि सार्वजनिक नहुँदा व्यवसायीमा थप अन्योलता छाएको हो । यहाँको पर्यटन व्यवसायी मात्र होइन, सरकारको स्पष्ट कार्यविधि सार्वजनिक नहुँदा उद्योग, कलकारखाना, विद्यालय, कलेज, होटल लगायतका सवै व्यवसायिक प्रतिष्ठानमा अन्यौलता छाएको छ । कोरोना सङ्क्रमणको सन्त्रास फैलिएपछि आन्तरिक तथा वाह्य पर्यटक आगमन ठप्प भएका कारण यहाँको पर्यटन व्यवसाय धरासयी भएको छ । पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष विकल तुलाचनले कोरोनाको जोखिम बढ्दै जाँदा र पर्यटकीय गतिविधि सञ्चालन हुन नसक्दा थप अन्योलता सिर्जना भएको बताए । “साउन १५ देखि केही होटल र रेष्टुरेन्ट सञ्चालनमा छन्, आन्तरिक मर्मतसम्भार र आउने सेप्टेम्बर अक्टोबरतिर
पिसीआर परीक्षणको नतिजाका आधारमा खेलाडीलाई प्रशिक्षणमा सहभागी गराइने

पिसीआर परीक्षणको नतिजाका आधारमा खेलाडीलाई प्रशिक्षणमा सहभागी गराइने

Posted in खेलकूद
काठमाडौं, साउन २३ अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले खेलाडीको पिसीआर परीक्षणको नतिजाका आधारमा प्रशिक्षणमा सहभागी गराउने भएको छ।आगामी भदौ १ गतेदेखि थाल्ने प्रशिक्षणका लागि हाल ३४ खेलाडीलाई १४ दिनको क्वारेन्टिनमा राखिएको छ। प्रशिक्षणको तयारीमा जुटेको एन्फाले राष्ट्रिय फुटबल टोलीका पुरुष खेलाडीलाई साउन १८ गतेदेखि क्वारेन्टिनमा राखेको हो।कोरोना भाइरसको महामारीका कारण फुटबल प्रशिक्षण गत चैत महिनादेखि रोकिएको थियो। आगामी प्रतियोगितालाई ध्यानमा राख्दै एन्फाले राजधानीमा तथा बाहिर रहेका राष्ट्रिय फुटबल टोलीका सबै पुरुष खेलाडीलाई गत साता प्रशिक्षणका लागि काठमाडौँ बोलाएको हो। एन्फा प्रवक्ता किरण राईका अनुसार साउन २८ गतेसम्म ती सबै खेलाडीको पिसीआर परीक्षण गरिने छ। पिसीआर परीक्षणको नतिजाका आधारमा खेलाडीलाई भदौ १ गतेदेखि प्रशिक्षण दिइने उनले बताए। प्रशिक्षण एन्फा कम्पलेक्स सातदोबाटोमा हुनेछ। एन्फाले प्
किसानलाई अलैँचीको चटारो, उत्पादन बढ्यो, भाउ छैन

किसानलाई अलैँचीको चटारो, उत्पादन बढ्यो, भाउ छैन

Posted in समाज
इलाम, ११ भदौ (रासस) बेँसी र चुरे क्षेत्रका किसानलाई यतिबेला अलैँचीको चटारोले छोपेको छ । अलैँचीको सिजन शुरु भएकाले टिप्ने र छोडाउने कामको चटारो परेको हो । मौसम नबिग्रिएको (पानी नपरेका) ले अहिले अलैँची टिप्न उपयुक्त भएको किसानको भनाइ छ । गएका वर्षामा यो सिजनमा पानी परेकाले अलैँची कुहियो । तर, यो वर्ष घाम लागेकाले समस्या छैन । किसानका अनुसार यो वर्ष उपयुक्त मौसम भएकाले अलैँचीमा उल्लेखीय फल देखिएको छ । रोग नदेखिएको र अलैँची राम्रो पाकेकाले उत्पादन दोब्बर हुने अनुमान रहेको माइजोगमाईस्थित मलुमझुवाका किसान राम आचार्य बताउनुहुन्छ । आचार्यका अनुसार यो वर्ष वैशाखदेखि असारसम्म अलैँचीलाई आवश्यक पर्ने पानी परेकाले उत्पादन बढेको हो । “भार्लाङ जातको अलैँची राम्रो फलेको छ”, आचार्यको भनाइ छ । विगतका वर्षमा रोगले शिथिल बनाए पनि यस वर्ष अलैँचीमा रोग देखिएको छैन । “टिप्ने र छोडाउने काम एकैचोटी चलेको छ । उत
निषेधाज्ञामा परीक्षणको दायरा फराकिलो बनाउँदै महानगर

निषेधाज्ञामा परीक्षणको दायरा फराकिलो बनाउँदै महानगर

Posted in समाज
चितवन, १२ भदौ (रासस निषेधाज्ञाको समयमा भरतपुर महानगरपालिकाले कन्ट्याक्ट टे«सिङ, स्वाब सङ्कलन र परीक्षणमा तीव्र गति दिएको छ । महानगर क्षेत्रभित्र साउन ३० गते रातिदेखि जारी निषेधाज्ञा आज राति दोस्रो साता पूरा हुँदैछ । शनिबारदेखि तेस्रो साताको निषेधाज्ञा हुँदै गर्दा दुई हप्ताको निषेधाज्ञा कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचाारमा प्रभावकारी काम भएको महानगरको भनाइ छ । भरतपुर महानगरपालिका जनस्वास्थ्य शाखाका प्रमुख दीपक सुवेदीका अनुसार दैनिक कन्ट्याक्ट ट्रेसिङ, जोखिमयुक्त ठाउँहरुमा स्वाब सङ्कलन गर्ने काममा मात्र महानगरका १२ जना जनशक्ति परिचालन गरिएको छ । उहाँका अनुसार हालसम्म महानगरले दुई हजार ८७२ जनाको पिसीआर सङ्कलन गरी दुई हजार ५२८ जनाको परीक्षण गरेको छ । निषेधाज्ञा जारी भएयता मात्रै ७८७ जनाको स्वाब सङ्कलन गरी ७११ जनाको परीक्षण गरिएको सुवेदीले बताउनुभयो । महानगर क्षेत्रमा हाल ३१९ जनामा कोरोना